एकजना भिक्षुद्वारा जल समाधि गरेर मृत्युवरण
म्याग्दी (बाबियाचौर), चैत १४- म्याग्दीमा एकजना भिक्षुले जल समाधि गरेर मृत्युवरण गरेका छन्। पिप्ले गाविसस्थित गायत्री मन्दिरमा बस्दै आएका सिगाना-४ बागलुङका ८४ वर्षीय ढुण्डीराज उपाध्याय आफैँले मङ्गलबार बिहान कालीगण्डकी नदीमा बगेर मृत्युवरण गरेका हुन्।
सन्यासीका रुपमा मन्दिरमा बस्दै आएका उपाध्यायले आफ्नो इच्छाअनुसार जल समाधि गर्न लागेको पत्र लेखेर नजिकैको कालीगण्डकीमा बगेर मृत्युवरण गरेका उनका नाति लीलाराम गौतमले जानकारी दिए।
कालीगण्डकीमा जल समाधि गरेमा स्वर्गमा पुगिने धार्मिक मान्यताअनुसार उनले सबैलाई जानकारी गराएर मृत्युवरण गरेको गौतमले बताए।
पत्रसँगै उनले प्रयोग गर्ने कमण्डलु कालीगण्डकीमा फेला परेकाले जल समाधि गरेको पुष्टि भए पनि शवको खोजी भइरहेको आफन्तले जनाएका छन्। रासस