१७ वर्षका किशोरको बर्ड फ्लुबाट मृत्यु
जकार्ता, चैत १४ (एपी)- इन्डोनेसियामा एक १७ वर्षका किशोरको बर्ड फ्लुबाट मृत्यु भएको छ। यो वर्ष यो रोगबाट मर्ने उनी छैटौँ व्यक्ति हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता मूर्ति उतामीले मंगलबार उनको मृत्युको पुष्टि गरे। यसै महिनाको सुरुमा बर्ड फ्लु लागेका कुखुराको सम्पर्कमा आएपछि बिरामी भएका उनी एक हप्तासम्म अस्पतालमा बसेपछि मृत्यु भएको हो।
उतामीका अनुसार प्रयोगशालाको परीक्षणले उनमा एचफाइभएनवन भाइरस रहेको पुष्टि भएको हो।
बर्ड फ्लु सन् २००३ देखि विश्वमा फैलिएको हो र अहिलेसम्म यसबाट ३५२ जनाको मृत्यु भइसकेको छ। नेपाल लगायत एसियाका केही देशमा र मध्यपूर्वमा पनि अझै बर्ड फ्लु भेटिएको छ। बर्ड फ्लुबाट सबैभन्दा प्रभावित देश इन्डोनेसिया हो। यहाँ यो रोगका कारण १५६ जनाको मृत्यु भइसकेको छ।
स्रोत :नागरिक न्युज