|

प्रथम हेक्लाङ्ग महोत्सव २०६९ मा उपस्थितिका लागि हार्दिक अनुरोध




महोत्सव आयोजना हुने स्थान र मिती :
पाल्पा जिल्लाको हेक्लाङ्ग गा. वि. स. वाड न. ९च्याङलिङ्ग फााट, गैरी भन्ने स्थानमा रहेको खुल्ला चौरमा यो महोत्सव को आयोजना गरिनेछ ।
जुन २०६९ साल वैशाख १,२ र ३ गते सम्म मेला आयोजना गरिने छ।

 महोत्सवको मुख्य उदेश्य:
 यो महोत्सव को मुख्य उदेश्य भनेको हराउदै जान थालेको लोक संस्कृतीे लोक परम्परा तथा मौलिक संस्कृती लाइ जोगाउने प्रयास यस मेलाको मुख्य उदेश्य हो । यती मात्र नभएर जिल्लाको कुनै एउटा कुनामा रहेको एउटा गााउ जुन गााउलाइ राष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानिय सिप र कलाको प्रर्वद्धनमा टेवा पुर्‍याउनु पनि यस महोत्सवको मुख्य उदेश्य रहनेछ ।

महोत्सव मा प्रस्तुत हुने झलकहरु :
विभीन्न जात जातिका पहिचान हुने खालका झााकी प्रस्तुत ,त्यस्तै गरि राष्ट्रिय कलाकार, लोक कलाकार हाास्य कलाकार लगायतका अन्य  कलाकार को विशेष प्रस्तुति  रहनेछ त्यस्तै गरि क्षेत्रीय र स्थानिय कलाकार हरुको समेत विशेष प्रस्तुती रहनेछ । साथै विभिन्न सांस्कृतिक कार्यक्रम हरुको समेत आयोजना गरिनेछ ।

 महोत्सवको उपलब्धी    
महोत्सव वाट उठेको  कुल रकम वाट महोत्सव  आयोजना खर्च कटाएर रहेको वााकी रकम यस हेक्लाङ्ग गा वि स वाड न ९ मा रहने गरि एउटा विरामि वोक्ने एम्बुलेन्स का लागि खर्च लगानी गरिने छ । साथै अन्य गाउको विकास निमार्ण मा पनी प्रयोग गरिनेछ ।

महोत्सवको मुख्य आकर्षण:
राष्ट्रिय हाास्य कलाकार तथा लोक कलाकार हरुको वेजोड प्रस्तुती रहने छ। हरेक दिन नयाा नयाा कलाकार हरुले दर्शक हरुलाइ मनोरञ्जन दिलाउने छन। यसका साथै विभिन्न स्थानीय सिप प्रयोग भई बनेको वस्तुहरुको प्रर्दशनी गरिनेछ, विभिन्न जात जातीका परम्परा अनुसारको खानाको परीकारको  पनी प्रर्दशनी गरिनेछ ।

      आयोजक                                                           संयोजक                      सचिव      
प्रथम हेक्लाङ्ग महोत्सव २०६९                   (अग्नि प्रसाद भट्टराई)        (दिल ब.सिंजाली)
मुल समारोह समिती लोकसुसेली युवा समाज
तथा गा.वि.स. हेक्लाङ्ग पाल्पा

मानव सभ्यताको विकास संगै ,हामी नेपाली  आज एक्काइसौ शताब्दी को युगमा प्रवेश गर्दैछौ। समयको परिवर्तन संगै हामिले मानव सभ्यताको विभीन्न अवस्था र चरणहरु पार गर्दै आज यस घडी सम्म आइपुग्दा मानव संसारकै सर्वश्रेष्ठ प्राणी हो भन्ने परिचय त पायौ तर यत्तिले मात्र मानव जिवनको परिभाषा प्रयाप्त भएन ।

 फलस्वरुप हामी आफ्नो परिचय खोज्न थाल्यौ , अधिकार खोज्न थाल्यौ,सिधा अर्थ मा भन्ने हो भने हाम्रा्रे जात , धर्म ,सस्कृती , रितीरिवाज र परम्पराको पहिचान खोज्न थाल्यौ । यति मात्र नभएर यस्ता जातिय संस्कृती रितीरिवाज र परम्परा जोगाउने जिम्मा पनी हाम्रै्रे कााधमा आईपरेको छ, यही यर्थाथलाई आत्मसात गर्दै हामी यही अभियानमा अग्रसर भएका छौ ।

 काखवाट सलसल कलकल गर्दै वग्ने कालिगण्डकी, विभीन्न किम्वदन्ती तथा पौराणीक कथन अनुसार आफ्नै महत्व बोकेको नौलादेवी ,वराहादेवी या भनौ हाम्रै संरक्षण मा रहेको सिद्धगुफा अथवा सिद्धवावा मन्दिर यात पर्यटकिय स्थल को रुपमै विकास गर्न सकिने दुइ डााडा एक अर्कामा जोडिएको घाडु पहाडको त्यो सुन्दर दृश्य आफैमा अत्यन्तै मनमोहक देखिन्छ।  भौगोलिक हिसाबले पनि अत्यन्तै उर्वर भुमि त्यसमाथी पनी आफ्नै भाषा आफ्नै संस्कृति भएको, अझ भनौा विभिन्न जात जातिको वसोवास भएको यस्तो एउटा सुन्दर वस्ती जुन पाल्पा जिल्लामा अवस्थीत हेक्लाङ्ग गा.वि.स. लाई मान्न सकिन्छ यसै पाल्पा जिल्ला  हेक्लाङ्ग गा.वि.स. वाड न:९ च्याङलिङ्ग फााट गैरी भन्ने स्थानमा  प्रथम हेक्लाङ्ग महोत्सव २०६९ को आयोजना गर्न गइरहेका छौ । हराउन लागेको आफ्नै मौलिक लोकसंस्कृती लोकपरम्परा चाहे त्यो मगर समुदायको झाम्रे,नाचन ,मारुनी , करुवा , किन नहोस त्यस्तै बा्रमण जातिको वालन ,भजन चुट्का ख्याली नै किन नहोस यात नेवार समुदायको लाखे नाच नै किन नहोस, यात दमाई जाती ले जोगाउदै  आएको पञ्चेवाजा नै किन नहोस यि लोकसंस्कृति लोक परम्पराको जगेर्ना भनौ अथवा गाउाको समृदी विकास र पहिचानका लागि यो प्रथम हेक्लाङ्ग महोत्सव २०६९ को आयोजना गर्न गइरहेका छौ ।  त्यसैले पनि हाम्रो यो अभियानमा यहाा हरु सबैले आ–आफ्नो  तह, तप्का र स्थान वाट सहयोग सद्भाव र सर्मथन जनाइदीनुहुन हार्दिक अपील तथा विनम्र अनुरोध गर्दछौ ।

Posted by Butwalonline on 5:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रथम हेक्लाङ्ग महोत्सव २०६९ मा उपस्थितिका लागि हार्दिक अनुरोध"

Leave a reply