|

थारु संघर्ष समितिद्वारा पश्चिम तराई बन्द


धनगढी, चैत्र १ - थारु संघर्ष समितिले थारुभूमी टुक्राउन पाइँदैन भन्दै बुधबार पश्चिम नेपाल बन्द गराएको छ ।  बन्दले जनजिवन प्रभावित भएको छ । बन्दले  धनगढी र महेन्द्रनगरबाट संचालित हुने लामो तथा छोटो दुरीका सार्वजनिक यतायत  बन्द छ । बजार पनि पुर्ण बन्द भएको छ ।  बन्दले गर्दा उद्योग कलकारखाना र शैक्षिक सस्था समेत  खुलेका छैन्न ।
अखण्ड सुदूरपश्चिमको अवाज उठिरहेका बेला  थारु संर्घष समितिले कैलाली र कञ्चनपुरलाई थारु भूमी भन्दै  आन्दोलन गरेको हो ।
गुलरिया- बडघर,भलमन्सा, महटौवा महासंघ, मुक्तकमैया थरहट संर्घष समिति लगायतले विभिन्न माग राख्दै आहृवान गरेको पुर्व पश्चिम राजमार्ग बन्दका कारण पश्चिम तराईमा यातायात सेवा प्रभावित भएको छ  ।
अद्यावधिक स्थानीय निकायको निर्वाचन नभए सम्म र वडा नागरिक मञ्चलाई खारेजी गरी वडघर,भलमन्सा महटौवालाई स्थानीय निकायको जिम्मेवारी दिनु पर्ने माग राख्दै चक्काजाम गरेका हुन । संघियताको नाममा थरुहटको ऐतिहासिक भुगोल टुक्राउन पाइँदैन,संघिय राज्यको विरुद्धको षडयन्त्र बन्द गर लगायतका माग राख्दै दाङ्ग,बाँके,बर्दिया,कैलाली र कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग बन्द गराएको समितिले जनाएको छ ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 6:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "थारु संघर्ष समितिद्वारा पश्चिम तराई बन्द"

Leave a reply