|

बोक्सोको आरोपमा बन्चरो प्रहार गरी हत्या


गोरखा, चैत्र १ - बोक्सोको आरोपमा मंगलबार यहाँ एक जनाको बन्चरो प्रहार गरी हत्या भएको छ । थुमी-६ का ५८ वर्षीया गोठे सार्कीलाई उनकै काकाका छोरा हिराबहादुर भनिने काले सार्कीले हत्या गरेका हुन् ।ज्वरो आएर सुतिरहेका गोठेको टाउकोमा कालेले बन्चरो प्रहार गर्दा उनको तत्कालै मृत्यु भएको थियो । 
गोठे र उनकी श्रीमतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै ४० वषर्ीय कालेले एक महिनाअघि पनि झगडा गरेको मृतकका जेठा छोरा मंगलले बताए । 'उसले पटक-पटक बोक्सी उतार्ने वीर पालेर बस्ने गर्छस्, तँलाई नमारी छाड्दिन भन्थ्यो,' उनले टेलिफोनमा भने, 'उसले बोक्साबोक्सी भनेको विषयमा गाउँमा धेरैपटक पञ्च भेलासमेत भएको थियो ।'
हत्या गरेलगत्तै भागेका कालेलाई प्रहरीले तीन घन्टापछि जंगलबाट पक्राउ गरेको छ ।  'गाउँमा सुनसान भएपछि कोही छैन भनेर मौका छोपी हत्या गरेको देखिन्छ,' उनले भने ।
मृतक गोठेका ६० वषर्ीया श्रीमती र दुई छोरा छन् । पाँच वर्षअघि भारत गएका कान्छा छोरा रत्नबहादुर परिवारको सम्पर्कमा छैनन् । सदर- मुकामबाट आरुघाट स्वास्थ्य चौकीमा चिकित्सक पठाई मंगलबारै पोस्टमार्टम गरिएको प्रहरी नायब उपरीक्षक वसन्त कुँवरले बताए ।
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 6:31 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बोक्सोको आरोपमा बन्चरो प्रहार गरी हत्या"

Leave a reply