थारुवानको पूर्वाञ्चल बन्द फिर्ता
काँकडभिट्टा, पुस २७ - पूर्वेली थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिले बुधबारदेखि तीन दिनसम्म आहृवान गरेको पूर्वका ६ जिल्ला बन्द फिर्ता लिएको छ ।
शान्ति मन्त्री सत्य पहाडीले बुधबार पत्राचार गरी बन्द हड्ताल छाडेर वार्तामा आउन आग्रह गरेपछि बन्द फिर्ता भएको संघर्ष समितिका अध्यक्ष सन्तोष थारुले जानकारी दिए ।
समितिले विभिन्न ६ बुँदे माग राख्दै तराईका झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर तीन दिने यातायात बन्द आहृवान गरेको छ ।
स्रोत :कान्तिपुर