अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा समातिएका व्यक्तिको कुटाइबाट मृत्यु
भद्रपुर, पुस २२ - अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा समातिएका एक व्यक्तिको गएराति मृत्यु भएको छ भने एकै परिवारका पाँच जना पक्राउमा परेका छन् ।
पाँचथर जिल्ला सिदिन गाविस–४ बस्ने सुरेन्द्र चामलिङको कुटाइबाट मृत्यु भएको अञ्चल प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
प्राप्त जानकारीअनुसार सोही ठाउँ बस्ने एक ४५ वर्षीया महिलासंग घरनजिकको बारीमा अनैतिक कार्य गरिरहेको अवस्थामा महिलाको परिवारका सदस्यहरूले देखेपछि चामलिङलाई कुटपिट गरेको थियो । कुटाइबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।
पाँचथरबाट प्रहरी निरीक्षक गोपालप्रसाद ढकालको नेतृत्वमा खटिएको टोलीले सिद्दिकरण राई, उनकी श्रीमती सुकमाया र छोराहरू क्रमशः राजकुमार, धिरज र जोगधनलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ । रासस