शिक्षा नीति समयानुकुल हुनुपर्छ: शर्मा
मुक्तिप्रसाद न्यौपाने
पुस १६, पाल्पा
नेपाल सरकारका शिक्षा मन्त्री दिनानाथ शर्माले नेपालमा परिवर्तनका लागि शिक्षा नीति समयानुकुल बलियो र पविर्तनशिल हुनुपर्ने बताएकाछन् ।
शिक्षामा क्षेत्रमा धेरै समस्या छन् त्यसमा कूनै व्यक्तिको दोष छैन् राष्ट्रिय शिक्षा नीति परिवर्तन नभएर यस्तो परिस्थिती भएको हो हाम्रो मूलुकमा २००७ साल देखि अहिले सम्म राजनीति परिवर्तन भए तर शिक्षा नीति राजनैतिक परिवर्तन सागसागै हुन नसक्दा समस्याग्रस्त वनेको हो मन्त्री शर्माको भनाई थियो ।
शिक्षा एैन ल्याउने तैयारीमा छ शिक्षक कर्मचारी सबैको समस्या प्रति सम्बोधन हुनेछ अस्थायी शिक्षक लाई पनि उपदानको व्यवस्था गरिनेछ शिक्षकहरुको ड्रेसको विषयमा आफू असन्तोष भएको र सबैलाई ड्रेस अनिवार्य गर्दा राष्ट्रले व्याय मा थेग्न नसक्ने हुादा ड्रेसलाई ऐच्छिक गराउनु पर्ने उनको भनाई थियो । उनले भने ऐन बनाएपछि मात्र शिक्षा सेवा आयोग खोलिने छ ।
एनेकपा माओावादीका प्रवक्ता समेत रहेका शर्माले आफ्नो पार्टी सरकारमा गए पछि पार्टी भित्र अस्वस्थ्यता देखा परेको स्विकार गरेकाछन् । पार्टीमा सैद्धान्तिक विवाद देखिनु स्वभाभीक हो तर सहमती विमती भैरहनेछन विमतीलाई निरन्तरता दिने समुह विर्सजनको वाटोमा जाने छन् । विश्व कम्युनिष्ट इतिहासमा फूट संघर्ष एकता भइनै रहनेछन त्यसलाई अनौठो नमान्न आग्रह समेत गरे ।
पार्टीमना देखापरेको विमती अधिवेशन सम्मको लागि मात्र हो पार्टीमा देखापरेको अस्वस्थ्यतालाई निर्मूल गर्न डाक्टर वै, लामा, धामी सबै छन् उनले व्यड्डात्मक रुपमा बताए । पार्टीमा भाइरस लागेको छ डाक्टर वैद्यल भाइरसलाई निर्मूल पार्ने छन् उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाद्वारा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले सञ्चार कर्मीको जिज्ञासामा अहिले सरकार परिवर्तनको कूनै संभावना नै छैन यहि सरकारले शान्ती र संविधानलाई पूर्णता दिनेछ अनि मात्र कांग्रेसको नेतृत्वमा सरकार वन्न सक्ने बताए । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।