|

जङ्गलमा एक किसोरीको शव भेटियो

लमजुङ, ८ पुस-गत कात्तिक ३० गतेदेखि हराइरहेकी मालिङ गाविस वडा नं. ७ वाल्मो निवासी सुकुमाया विकको शव एक महिनापछि गाउँनजिकैको जङ्गलमा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

मालिङस्थित शारदा माविमा कक्षा ७ मा अध्ययन गर्दै गरेकी सुकुमाया विकको शव अहिले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ।
शव सडेको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धानमा अप्ठेरो परेको प्रहरीले जनाएको छ।

शव फेला परे पनि सुकुमायाको मृत्यु कहिले भएको हो भन्ने अनुमान लगाउन पनि गाह्रो भएको छ।

प्रहरीले सुकुमायाका आफन्त, स्थानीय बासिन्दा र उनीसँग अन्तिम पटक कुराकानी गर्नेहरुसँग सोधपुछ गरिरहेका छन्। बुधबार दिउँसो मालिङको तोल्जुङको जङ्गलमा शव फेला परेको उनको खोजतलासमा सहभागी स्थानीयले बताएका छन्। रासस
                                                                                                                                           स्रोत :नागरिक 

Posted by Butwalonline on 9:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जङ्गलमा एक किसोरीको शव भेटियो"

Leave a reply