|

फेरी ठुलो मात्रामा नक्कली भारूसहित २ बिदेसी एक नेपाली पक्राऊ


काठमाडौं, पुस ६ - ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँसहित एक नेपाली र दुई विदेशीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेल र महानगरीय प्रहरी बृत कालिमाटीको संयुक्त टोलीले १ करोड २३ लाख नक्कली भारतीय रुपैयाँसहित उनीहरुलाई कंलकीबाट पक्राउ गरेको हो ।
फिलिपिन्सका डेनिस सेनसेज, भारत बेतियाका नसिम आलम र खोटाङ चिसापानीका डिकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कालिमाटी बृतमा राखिएको छ ।
                                                                                                                                               स्रोत :कांतिपुर 

Posted by Butwalonline on 4:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेरी ठुलो मात्रामा नक्कली भारूसहित २ बिदेसी एक नेपाली पक्राऊ"

Leave a reply