|

तरुण दलका अध्यक्षमाथि आक्रमण भएको बिरोधमा आज चितवन बन्द

चितवन, मङ्सिर २१-चितवनको भरतपुरका कारागारमा बन्दी रहेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेल सहित पाँच जना माथि कारागार भित्रै साङ्घातिक आक्रमण भएको विरोधमा आज नेपाली काँग्रेस चितवनले चितवन बन्दको आव्हान गरेको छ। बन्दका कारण चितवनको यातायात, कलकारखाना, बजार एवं शैक्षिक संस्थाहरु बन्द छन्।

नेपाली कांग्रेस चितवनका सचिव देवेन्द्र गुरुङले विज्ञप्ति जारी गरि आज बिहान छ बजे देखि साँझ पाँच वजेसम्म चितवन बन्दको आयोजना गरिएको जनाएका छन्। बन्द सफल बनाउन काँग्रेस कार्यकर्ताहरु बिहानैदेखि चितवनका सडकमा उत्रिएका छन। काँग्रेसको झण्डा सहित उनीहरुले चोकचोकमा चलेका सवारीको चावी खोसिरहेका छन्।
घटनाको विरोधमा ने.वि.संघ चितवनले आजबाट चितवनका शैक्षिक संस्थाहरु अनिश्चितकालिन रुपमा बन्दको घोषणा गरेको छ।

घाइते पाँच जना सहित तरुण दल चितवनको अध्यक्ष पौडेलको अहिल भरतपुर मेडिकल कलेज चितवनमा गंभिर अवस्थामा उपचार भैरहेको छ। घाइते पौडेलको उपचारको लागि डा. उपेन्द्र देवकोटा सहितको चिकित्सक टोलीले हिजो चितवनमै शल्यक्रिया गरेका थिए। पौडेल बेहोस अवस्थामा रहेको र होस आउन केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

घटनाका दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै तरुणदल चितवनले हिजो पनि दिनभर चितवन बन्द गरेको थियो। काँग्रेस कार्यकर्ता तथा भातृसंस्थाहरुले आफुहरुको माग पूरा नभए फेरी चर्को आन्दोलनमा उत्रने वताएको छ।

बन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ। टाढा जाने यात्रुहरु सडकमै अलपत्र परेका छन। विद्यार्थी तथा काममा जानेहरु पनि अलपत्रमा परेको छन्।
                                                                                                                                                                                स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 7:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तरुण दलका अध्यक्षमाथि आक्रमण भएको बिरोधमा आज चितवन बन्द"

Leave a reply