नेपाल टेलिकम भरतपुरको पावर कन्ट्रोल रुममा आगलागी
भरतपुर, कार्तिक ७ - नेपाल टेलिकम भरतपुरको पावर कन्ट्रोल रुममा आज बिहान आगलागी भएको छ । बिद्युत सर्ट सर्किटका कारण आगलागी भएको टेलिकम कर्मचारीले अनुमान गरेका छन ।
सरसफाईका क्रममा पावर कन्ट्रेल रुमबाट धुवाको मुस्लो बाहिर आएको देखेपछि आगलागीबारे जानकारी भएको कर्मचारीले बताए । आगो १ घंटापछि नियन्त्रणमा लिईएको थियो । बिहान पौंने ८ बजे शुरु भएको आगलागी झण्डैं एक घण्टामा नेपाली सेना कर्मचारी र भरतपुर नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रमुख योगेन्द्रनाथ श्रेष्ठले बताउनुभयो । पावर कन्ट्रोल रुमको रेक्ट्री फाएर र ब्याट्री निकै पुरानो भएका कारण काम नलाग्ने अबस्थामा पुगेको थियो ।
पावर ईन्जिनिएर भुवनेश्वर शर्माका अनुसार २८ बर्ष पुराना ति उपकरण परिवर्तनका लागि माग गरिएको थियो । समयमै उपकरण परिवर्तन नगरेका कारण आगलागी भएको हुनसक्ने समेत बताईएको छ । तातो कम भएपछि विस्तृत हेरेर मात्र क्षतीको आकलन गर्न सकिने शर्माले बताउनुभयो । हाल बेट्रीको व्याकअपबाट टेलिकमका उपकरण सञ्चालनमा आएको छ । व्याकअपले चार घण्टा सम्म धान्ने बताईएको छ ।
रेक्ट्री फाएर परिवर्तन गर्नुपर्ने अबस्था आएमा दिउसोबाट चितवनमा टेलिफोन सेवा अबरुद्ध हुन सक्ने प्रमुख श्रेष्ठले बताए । काठमाडौं केन्द्रीय कार्यलयमा यस बिषयमा जानकारी गराईसकिएको हुदा प्राविधिक समुह यथाशिघ्र छिटो झिकाएर काम गरिने उहाको भनाई छ । समयमा आगलागी नियन्त्रण भएकाले ठूलो क्षति बाट भने बचेको छ ।