|

सुत्केरीको बाटोमै मृत्यु

अर्घाखाँची, कार्तिक १४ - बच्चा जन्मिएर घर फर्कंदै गर्दा उच्च रक्तस्रावका कारण सुत्केरी महिलाको बाटोमै ज्यान गएको छ । जिल्लाको जलुके गाविसको जुवाकोट गाउँकी १९ वर्षीया तारा पुलामीको ज्यान गएको हो ।

शनिवार दिउसो प्राथमिक स्वास्थ्य केन्द्रमा बच्चा जन्माएपछि आइतवार घर जाने क्रममा घर नजिकै पुग्दा अध्यधिक रक्तस्राव भएपछि बाटोमै ज्यान गएको स्थानीय विष्णु आलेले बताए । स्वास्थ्यक केन्द्रमा छँदा सुत्केरीको अवस्था राम्रो भएपनि घर लैजादा बाटोमै ज्यान गएको बताए । जन्मिएको छोरा भने शकुसल नै छन् । स्वास्थ्य केन्द्रबाट घर लैजान करिब १० घण्टा लाग्ने भएकाले सुत्केरीलाई डोकोमा बोकेर लैजादै गरिएको थियो ।

पुलामीको घरमा बृद्ध बुवाआमा मात्रै भएको र श्रीमान् रोजगारको लागि तीन महिनादेखि भारत गएकाले शिशुलाई गाउँले महिलाहरुले भैंसीको दुध खुवाएर बचाएका छन् ।
                                                                                                                            स्रोत :कान्तिपुर न्युज 


Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुत्केरीको बाटोमै मृत्यु"

Leave a reply