जीप दुर्घटना १४ घाइते, चारको अवस्था चिन्ताजनक
टेकनारायण भट्टराई, पाल्पा, असोज २९- गुल्मीको बीरबास गाविसस्थित बान्द्राखुट्टामा आइतबार बिहान जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बीरबासको बाख्रेबाट गुल्मीकै चोयगा मन्दिरमा पञ्चबलीका लागि रिजर्भमा जाँदै गरेको लु १ ज ३५१० नम्बरको जीप 'ओभरलोड' भएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले 'नागरिक'लाई बताए।
‘कच्चीबाट पिच सडकमा निस्कनै लाग्दा घुम्ती काट्न नसकेर 'ब्याक' भई जीप सडकमा पल्टेको हो,' स्थानीय कमल कंडेलले नागरिकसँग टेलिफोनमा भने, ‘पञ्चबलीका लागि जीपको छतमा समेत यात्रु टनाटन भरिएर जाँदै थिए।'
जिल्ला प्रहरी कार्यालय गुल्मीको सूचना शाखाले घटनाबारे अनुसन्धान भैरहेको र प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दियो।
घाइते मध्ये ४ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा र बाँकीको सिरिङ्गा स्वास्थ्य चौकीमा उपचार भैरहेको छ।

स्रोत :नागरिक न्युज