|

दुर्घटना बिमाको दुई लाख दुई हजार हस्तान्तरण


मुक्तिप्रसाद न्यौपाने
पाल्पा, ९ असोज
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय पाल्पाले स्वर्गिय लक्ष्मी घिमिरेको परिवारलाई राहत स्वरुप दुई लाख दुई हजार रुपैयाा रकम एक कार्यक्रमका बीच प्रदान गरेको छ ।
पाल्पा जिल्ला बराड्डदी गाउा विकास समिति वडा नं. १ निवासी घिमिरेको आमा दीलुकमारी घिमिरेलाई कम्पनिका पाल्पा शाखा प्रमुख ध्रुवराज ढुंगानाले २ लाख २ हजारको चेक प्रदान गरेका हुन् । स्वर्गिय लक्ष्मीले १ लाख रुपैयाँको जीवन बिमा गराएका थिए । घिमिरेले बिमा गरेको तीन किस्ता सात हजार पााच सयका दरले बुझाएका थिए । घिमिरेको परिवारलाई पन्ध वर्षका लागि गरिएको बिमा सम्झौता अनुसार १ लाख १ हजारको विमाङ रकमले हुन आउने क्षतिपूर्ती वापतको रकम प्रदान गरिएको अभिकर्ता तुलसी गैरेले बताइन् ।

चेक हन्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार दयाराज न्यौपानेले नेपालमा पहिलेको तुलनामा पछिल्लो समय विमीतहरुको संख्या बढेको र अरु देशमा जस्तो विमा गर्नुपर्ने अनिवार्य व्यवस्था नभएपनि परिवारलाई राहत स्वरुप उपलब्ध हुने रकमले पनि ठूलै सहयोग गर्ने बताए ।

लक्ष्मिले भैरहवाबाट बुटवल आउदै गर्दा भलवाडीमा गत साउन २१ मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका थिए । लक्ष्मीका एक श्रीमति आमा र दुई भाई रहेकाछन् ।

Posted by Butwalonline on 11:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटना बिमाको दुई लाख दुई हजार हस्तान्तरण"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु