तरुण दलको चितवनमा बन्द ,हत्याको हत्या गरिएका व्यक्तिका आफन्तहरुले घटनालाई राजनीतिकरण नगर्न अपिल
चितवन,भदौ २६- तरुण दल अध्यक्ष शिव पौडेललाई हत्याको अभियोगमा फसाएर पक्राउ गरिएको भन्दै तरुण दल चितवनले आज चितवन बन्द गरेको छ। हत्या गरिएका व्यक्तिका आफन्तहरुले भने घटनालाई राजनीतिकरण नगरी बन्द फिर्ता लिन अपिल गरेका छन्।
आफ्ना अध्यक्ष पौडेलमाथि लागेको अभियोग झुठा भएको भन्दै तत्काल छाड्न माग गर्दै तरुण दलले चितवन बन्द गरेको हो। निदोर्ष व्यक्तिलाई फसाउने षड्यन्त्र भैहरको तरुण दलका सचिव प्रेम पाठकले बताए।
तरुण दलको बन्दका कारण चितवनमा बिहानैदेखि सवारी चलेका छैनन्। दैनिक आठ हजार बढी सवारी चल्ने सडक सुनसान छ भने यात्रुहरु पैदल हिँडेर सास्ती खेपिरहेका छन्।
तरुण दलका कार्यकर्ताहरु नारायणगढको पुल्चोक,पूर्वीचितवनको भण्डारा,टाँडी ,मुग्लिन लगायतका स्थानमा चोकचोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन्। एम्बुलेन्स तथा रिक्सा, साइकल भने चलिरहेका छन्।
बजार, पसल, शिक्षण संस्था ठप्प रहेको छ। बिहानै पढ्न आएका विद्यार्थीहरु बन्द भएको भन्दै कलेजबाटै फिर्ता पठाइएका थिए।
चितवनको कविलासमा भदौ १० गते युवा संघका संजय लामाको हत्यामा संलग्न रहेको अभियोगमा शिव पौडेल गत बिहीबार काठमाडौँमा पक्राउ परेका थिए।
संजयका आफन्तले पौडेल र उनका साथीहरु विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले फरार रहेका पौडेलसहित उनका सहयोगीहरु गरी चार जना फक्राउ गरेको छ। पिसडित पक्षको दबाबमा हिजो सार्वजनिक गरिएका उनीहरुलाई सात दिने म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
संजयका बुबा दिल बहादुर लामाले आफ्ना छोराका हत्याराहरुलाई कारबाही हुनैपर्ने भन्दै कानुनी प्रकृयामा हस्तक्षेप नगर्न माग गरेका छन्। पक्राउ गरिएकाहरुलाई छुटाउन राजनीतिक बन्द तथा बिरोध नगर्न पनि उनले सार्वजनिक अपिल गरेका छन्।
भदौको तीन साताभित्र यहाँ दुई जनाको हत्या भैसकेको छ भने एक जनामाथि सांघातिक आक्रमण भएको छ।
जिल्लाको शान्ति सुरक्षा चिन्ताजनक बनेको भन्दै यहाँका सात राजनीतिक दलहरुले दबाब स्वरुप आज शान्ति र्याली निकाली प्रशासनअगाडि कोणसभा गर्दैछन्।
स्रोत :नागरिक न्यूज