आमा, श्रीमती र दुई छोराछोरीको हत्या गर्ने पक्राउ
विक्रम गिरी, महेन्द्रनगर, साउन ३२- आमा, श्रीमती र दुई नाबालक छोराछोरीको हत्या गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेनाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति दुई बालबालिकासहित चार जनाको हत्या गरेर फरार रहेका ३२ वर्षीय धर्मानन्द नाथलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।
उनले आमा, श्रीमती र दुई नाबालक छोराछोरीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्। घट्ना लगत्तै सम्पर्क बाहिर रहेका धर्मानन्दलाई मंगलबार राती भीमदत्त नगरपालिका-९ स्थित उनकै गाउँ नजिकैको खोलाबाट पक्राउ गरिएको हो।
उनले आइतबार राति ५० वर्षीया आमा हर्यानाथ, २५ वर्षीया श्रीमती धनादेवी, ६ वर्षीय छोरा रवि र ४ वर्षीया छोरी रेनुकाको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक दिलिप चौधरीले बताए। 'थप सोधपुछ चलिरहेको छ' एसपी चौधरीले भने।
मानसिक सन्तुलन ठिक नभएका धर्मानन्द घट्नापछि फरार रहेकाले हत्याको आरोप गाउँले र परिवारजनले उनीमाथि लगाएका थिए। तर उनी सम्पर्कमा नआएकाले उक्त हत्याकाण्ड रहस्यमय बनेको थियो।
उनलाई सीमा प्रहरी चौकी ब्रह्मदेवका इञ्चार्ज सई नरेन्द्रबहादुर चन्दको टोलीले पक्राउ गरेको हो। हत्या गरेपछि गाउँ नजिकैको जंगल गएर बसेको उनले प्रहरीसमक्ष बयान दिएका छन्।
आइतबार हत्या गरिएका चारै जनाको शव पोष्टमार्टमपछि आफन्तजनले मंगलबार दाहसंस्कार गरिसकेका छन्।
साभार:नागरिक