|

संसदको बैठक आज बस्दै, राजिनामाको पुष्टी गर्न प्रधानमन्त्री खनालले सम्बोधन गर्ने ।।

कृष्ण आचार्य, दैलेख,साउन ३०-व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । संविधानसभाको भवन नयाा बानेश्वरमा दिउासो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने कारणबारे एमाले अध्यक्ष समेत रहनु भएका झलनाथ खनाले सम्बोधन गर्नु हुनेछ । बितको साढे छ महिनामा शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा उत्पन्न अवस्थाका बारेमा खनालले संसदमा जानकारी गराउनुहुने कार्यक्रम छ । यसअघि दलहरुसागको छलफलमा खनालले आफूले पद छोड्नुपर्ने अवस्था आए शान्ति र संविधान निर्माणमा बाधक बनेका दोषीहरु बारे बेलिविस्तार लगाउने बताउनु भएको थियो । पछिल्लो समय दलहरुसागको छलफलबाट शान्ति र संविधानको लागि उचित निर्णय गर्न नसकेपछि खनालले आफ्नो राजिनामा हिजो राष्ट्रपति डाक्टर रामबरण यादवलाई बुझाउनु भएको थियो । त्यसअघि बसेको आफ्नै पार्टी नेकपा एमाले केन्द्रीय कमिटिको बैठकमा नेताहरुले उहालाई राजिनामा दिएर सहमतिको सरकार बनाउनको लागि सहयोग गर्न सुझाव दिएका थिए । गएको १६ गते बालुवाटारमा आफैले आयोजना गरेको पत्रकार सम्मेलन र २५ गतेको संसद्मा शान्ति प्रक्रियाको मूलभूत काम गर्न नसके साउन २८ अघि नै सरकार छोड्ने दनालले बताउनु भएको थियो । दलहरुको छलफलबाट शान्ति प्रक्रिया ट्ङ्ग्याउनेगरी ठोस सहमति गर्ने प्रयास गर्नु भएका खनालले आफैले दिएको भाका एक दिन पर सारेर राजिनामा दिनु भएको हो ।

Posted by Butwalonline on 7:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संसदको बैठक आज बस्दै, राजिनामाको पुष्टी गर्न प्रधानमन्त्री खनालले सम्बोधन गर्ने ।।"

Leave a reply