दाजुद्वारा भाईको पुरै परिवारको हत्या
सर्लाही, श्रावण १७ - अंश बिबादमा सर्लाहीमा सोमबार राति दाजुले भाईको पुरै परिवारको हत्या गरेका छन् । सर्लाहीको पडरिया गाबिस-९ का ४० वर्षीय रामेश्वर साह, उनकी पत्नी सुरखिया देवी र छोरी खुश्वुको हत्या भएको हो ।
हत्या लगत्तै मृतकका दाजु राजेन्द्र साहको पुरै १२ जनाको परिवार बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक मोहनराज जोशीले अंश बिबादका कारण दाजुका परिवारले भाईका पुरै परिवारको हत्या गरेको बताए । दुई दाजुभाई बीच अदालतमा अंश मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।
दुबै दाजुभाई एकै घरमा बस्दै आएका थिए । राति १२ बजे भाईको परिवारको हत्या गरेको छिमेकी प्राणचन्द रायले बताए । हत्या पछि सब ैलाश घर छेउको लखनदेही नदीमा बगाई दिएका थिए । नदीले बगाएर आधा घण्टा पर सुन्दरपुरमा सुरखियाको लाश आज बिहान प्रहरीले फेला पारेको छ । अन्य दुईजनाको लाश खोजी जारी छ । अन्य दुईको लाश बरामद नभएपनि रगतले पोतिएको कपडा फेला परेको छ ।
साभार:कान्तिपुर