मधेसी मोर्चा र तीन दलको बैठक सुरु
आफ्ना मागहरु सम्बोधन नभएसम्म बजेट ल्याउन नदिने अडानमा रहेको मधेसी मोर्चा
र प्रमुख तीन दलबीच संविधान सभा भवन, नयाँ बानेश्वरमा वार्ता सुरु भएको
नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। बिहान नौ बजे आफ्नो निवास
बालुवाटारमा वार्ताका लागि प्रधानमन्त्रीले आह्वान गरेका भए पनि मोर्चा
त्यहाँ जान नमानेपछि बानेश्वरमा वार्ता सुरु भएको हो।
वार्तामा मोर्चा र शीर्ष तीनै दलका नेताहरुसहित प्रधानमन्त्री झलनाथ खनाल
पनि सहभागी छन्।
वार्तापछि मात्र दिउँसो १ बजेका लागि आह्वान गरिएको संसद बैठक बस्ने वा नबस्ने निश्चित हुनेछ।