|

बोइङ दुई टुक्रा भएर दुर्घटना, १६३ यात्रु सबै सकुशल


काठमाडौँ, साउन १५ (एजेन्सी)- दक्षिण अमेरिकी राष्ट्र गायनामा अवतरण गर्दैगर्दा १६३ यात्रुले भरिएको एउटा बोइङ विमान दुई टुक्रा हुने गरी दुर्घटना भएको छ। घटनामा सबै यात्रु सकुशल छन्, जसलाई सबैले 'चमत्कार'को संज्ञा दिएका छन्। क्यारेबियन एअरलाइन्सको बोइङ ७३७ विमान न्युयोर्कबाट गायनाको जर्जटाउनस्थित चेद्दी जगन विमानस्थलमा अवतरण गर्दैगर्दा धावनमार्गबाट उछिट्टिएर दुर्घटना भएको थियो।
केही यात्रुहरु दुर्घटनामा घाइते भए पनि कसैको मृत्यु भएको छैन। चार जना यात्रु सिकिस्त छन्। विमानको अगाडिको भाग दुर्घटनाका कारण टुक्रा भएको थियो। एअरलाइन्सका अध्यक्ष जर्ज निकोलसले पनि कसैको मृत्यु नहुनुलाई पूर्ण चमत्कार बताए।

उता अमेरिका कै अलास्काबाट १०० माइल उत्तरमा दुई वटा साना विमान आकाश मै जुध्दा दुई जनाको मृत्यु भएको छ।
साभार :नागरिक न्यूज

Posted by Butwalonline on 7:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बोइङ दुई टुक्रा भएर दुर्घटना, १६३ यात्रु सबै सकुशल"

Leave a reply