पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १ अझै बेपत्ता
![]() |
| रुकुमकको पूर्तिमकाँडामा आएको पहिरोमा पुरिएकाहरुको उद्दार गर्दै नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा। तस्बिर : कमल थापा |
कमल थापा, रुकुम, असार ३१- अविरल वर्षासँगै शुक्रबार बिहान ३ बजे आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ। पहिरोमा पुरिएका १ जनाको शव फेला परेको छैन। ६ बालबालिकासहित मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताए।
बेपत्ता १ जनाको नेपाली सेनाको दि फेमस महिन्द्रा दल गण, नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य जारी राखेका छन्। पहिरोले पुरिएर मृत्यु हुनेहरुमा पूर्तिमकाँडा गाविस १ बसनडाँडाका धनसिंह घर्तिका ४ वर्षीय छोरा रमेश घर्ति, १८ वर्षीय जेठी छोरी अमृता घर्ति ९ वर्षीय सविना घर्ति रहेका छन।
त्यस्तै सोही गाविसको वडा ३ गिठाकोटस्थित उदिराम बुढाको घरमा आएको पहिरोले पुरिएर ५३ वर्षीय उदिराम वुढा, ४८ वर्षीय पत्नी काली बुढा, नातिहरु ५ वर्षीय रोशन बुढा र २ वर्षीय एकराज बुढा, ३० वर्षीय जेठा छोरा खडकवहादुर बुढा, २३ वर्षीय कान्छी बुहारी कवली बुढा, माइतीमा आएकी २५ वर्षीय जेठी छोरी गीता बुढाथोकी, छोरी पट्टीका नाती ४ वर्षीय नवराज बुढाथोकी, २ वर्षीय जीवन बुढाथोकी, ५ वर्षीय नाती रोशन बुढा रहेका छन्। उनीहरु १२ जनाको शव उद्दार टोलीले फेला परेको छ। पहिरोमा पुरिएर उदिरामका छोरी ज्वाई रुद्रबहादुर बुढाथोकीको शव फेला पर्न नसकेको प्रहरीले बताए।
उद्दारको लागि छिटो छरितो गराउँन सठक खनिरहेको स्काई भेटर डोजर प्रयोग गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक किशोर श्रेष्ठले बताए। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले प्रतिब्यक्ति २५ हजारका दरले राहत उपलब्ध गराउँने तयारी भइरहेको वताएका छन्। उद्दारमा नेपाली सेनाको ४० जना र प्रहरीको २० जनाले उद्दार गरिरहेका छन। ब्यक्तिको पनि मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ।
Source:@nagariknews

