भट्टराईलाई हत्या गर्ने धम्की अराजनीतिक’
कास्की, जेष्ठ ४ - भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई दिइएको ज्यान मार्ने धम्की अराजनीतिक भएको बताएका छन् ।
‘यो अराजनीतिक चरित्रको पराष्ठ हो, पोखरा विमानस्थलमा बु्धबार संचारकर्मीहरुसंग कुराकानी गर्दै रायमाझीले यसलाई पार्टीले गंभीरतापर्वक लिएको बताए । धम्की आएको स्पष्ट पादै उनले त्यस बारेमा अनुसन्धान भइरहेकाले दोषीलाई कारबाही गरिने जनाए ।
‘हामी अहिले कारबाहीको प्रकृयामा छौ, दोषीलाई छिट्टै कारबाहीको दायरामा ल्याउँछौं’ उनले भने । राष्ट्रिय सहमति, शान्ति र संविधान नबन्दा कार्याकर्तामा तरल दिमाख हुँदा अन्तरविरोध आउनुलाई भने आफूहरुले सामान्य रुपमा लिएको रायमाझीले बताए ।
उनले अहिले मुलुक अत्यन्त कठिन मोडमा उभिएकोले विभिन्न घटनाक्रमहरु सृजना हुन लागेकोले शान्ति र संविधानको पक्षमा राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए ।
नयाँ राष्ट्रिय सरकार अहिलेको महत्वपूर्ण एजेन्डाबारे संचारकर्मीहरुले राखेको जिज्ञासामा रायमाझीले भने, ‘शान्ति र संविधानको ग्यारेण्टी नभएसम्म कसको नेतृत्वमा सरकार भन्ने कुराले महत्व राख्दैन ।’उनले राष्ट्रिय सरकार भन्दा पनि राष्ट्रिय सहमति कायम कसरी गर्न सकिन्छ भन्ने बारेमा अहिले बहस चलाउनु पर्नेमा जोड दिए ।
शान्ति र संविधानका लागि राष्ट्रिय सहमति कायम हुन नसके मुलुक दिशाहीन बनेर अर्के अराजक मोडल लिन सक्ने संकेत गरे ।
KantipurNews