|

अपराध नियन्त्रणमा जीपीएस ट्र्याकर

राजधानीलगायत देशका विभिन्न स्थानमा बढ्दै गएका अपराध, दुर्घटना तथा अपहरणलाई रोक्ने जीपीएस ट्र्याकरको प्रयोग बढेको छ । अघिल्लो वैशाखदेखि नेपाल प्रहरीले अपराध अनुसन्धानमा परीक्षणका रूपमा प्रयोग गर्दै आए पनि भदौदेखि सर्वसाधारणले पनि प्रयोग गर्न पाउने गरी खुला गरिएको हो ।

अपराध अनुसन्धान तथा व्यक्तिगत सुरुक्षाका लागि जीपीएस ट्र्याकर उचित हुने महानगरीय प्रहरी परिसरले जनाएको छ । “अबको युगमा सूचना र प्रविधिले डो¥याउने हुनुपर्छ, यसले हामीलाई अपराध, चोरी तथा दुर्घटनाबारे जानकारी लिनसमेत सहज बनाउनेछ,” अनुसन्धानकर्ता एक अधिकारीले भने ।

व्यक्तिगत र सवारी साधनका लागि गरी दुई किसिमका जीपीएस ट्र्याकर गत भदौमा भएको मोबाइल मेलामा बिक्री गर्न सुरु गरिएको हो । व्यक्तिगत अपराध तथा अपहरण र लुटपाटजस्ता समयमा सेट गरिएको कुनै तीन नम्बरमा म्यासेज गर्नेछ । अपहरण वा दुर्घटनामा परे सम्बन्धित व्यक्तिका आफन्तले इन्टरनेटमा गुगलम्यापको सहायताबाट स्थान र पत्ता लगाउन सकिनेछ । सवारी साधनमा प्रयोग गरिने जीपीएस ट्र्याकरले तोकिएको अधिकतम सीमामा पुगेपछि जानकारी गराउने भएकाले यसको माग पछिल्लो समयमा बढेको छ ।

जीपीएस ट्र्याकर बक्समा तीनवटा मोबाइल नम्बर सेभ गरेपछि अपहरण लुटपाटमा पर्ने संकेत देखिएपछि एकै पटकमा तीनवटा नम्बरमा एसएमएस गर्न सकिनेछ । यस ट्र्याकरमा नेपाल टेलिकम र एनसेलका सिमकार्ड प्रयोग गर्न सकिनेछ । यो बक्सलाई सिमकार्डबिना पनि प्रयोग गर्न सकिन्छ । सिमकार्डबिना प्रयोग गरिएको बक्सले गुगलम्यापमा लोकेट (दिशानिर्देश) मात्र गर्नेछ ।


त्यसैगरी सिमकार्ड राखिएको यो बक्सले एउटा ‘कि’ थिच्दा एकैपटक ३ मोबाइलमा म्यासेज गर्न सकिनेछ । इन्टरनेटको पहँुच पुगेको स्थानमा प्रयोगकर्ताले सजिलै गुगलम्याप सर्च गर्न सक्नेछन् ।

जीपीएस प्रविधिको प्रयोगद्वारा व्यक्तिगत सुरक्षा, मोटरसाइकल र गाडीको सुरक्षालगायत आपराधिक क्रियाकलापमा जानकारी पाउन यस उपकरणको प्रयोग उचित मानिएको छ ।

जीपीएस बक्सलाई व्यापारी उद्योगपति तथा अनुसन्धानमा संलग्न भएकाहरुलाई उपयुक्त हुनेछ । बढ्दै गएका दुर्घटना र हत्या अपराधबाट बच्नका लागि जीपीएस ट्र्याकरको प्रयोग गर्नु नेपालको पनि आवश्यकता भएको अपराध अनुसन्धानकर्ताले बताएका छन् । एक वर्षअघि विदेशमा प्रयोग भए पनि नेपालमा भने जीपीएस ट्र्याकरले आधिकारिता पाउन सकेको थिएन । सुरक्षाका हिसाबले उचित मानिएपछि नेपाल दूरसञ्चार प्राधिरणले सेवा सञ्चालनका लागि अनुमति दिएको जनाएको छ ।



KarobarDaily

Posted by Butwalonline on 1:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अपराध नियन्त्रणमा जीपीएस ट्र्याकर"

Leave a reply