|

जिप दुर्घटनामा चार जनाको मृत्यु

८ चैत्र, स्याङ्जा । स्याङ्जाको केवरे भन्ज्याङ ४ मा ग १ ज ४६५९ नम्बरको जिप मंगलबार विहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्याङजा कुवाकोट ३ का ५५ वर्षीय तुल्सीराम उपाध्याय, कुवाकोट ५ का ५३ वर्षीय उदयबहादुर सिंजाली, कुवाकोट १ की १५ वर्षीया लक्ष्मी थापाको मृत्यु भएको हो । मृतक ६० वर्षीया बृद्धाको भने नाम नखुलेको प्रहरीले जनाएको छ ।
स्याङ्जाको बालिङबाट रत्नपुरका लागि छुटेको जिप केवरे भञ्जाङको बिरुवा भन्ने स्थानमा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ । घाईतेहरुको वालिङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
यसैबीच रुपन्देहीको बुटवल १२ बेस क्याम्पमा लु १ त ८२४१ नम्बरको ट्याक्टर आज विहान दुर्घटना हुँदा देवदह ९ चरङ्गे निवासी अन्दाजी १६ वर्षका दिनेश गुरुङको मृत्यु भएको छ ।

Source:Onlinekhabar

Posted by Butwalonline on 1:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप दुर्घटनामा चार जनाको मृत्यु"

Leave a reply