२ करोड ठगी गरी फरार महिलालाई पक्राउ गर्न असफल भए पछि प्रहरीद्धारा ठगी मुद्दा दायर
फागुन १४ - एक बर्ष अघि विभिन्न व्यक्ति बाट करिब २ करोड ठगि गरी फरार भएकी एक महिलालाई पक्राउ गर्न असफल भए पछि प्रहरीले अभियुक्त बिरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउका लागि कुनै सुईको नपाए पछ अन्नत: एक बर्ष पछि प्रहरीले कपिलवस्तु नगरपािलका– २ आनन्दबाग की ३५ बर्षे बसन्ती गिरी बिरुद्ध ठगी सम्बन्धी मुद्दा चलाउने तयारी गरेको हो । गिरी बिरुद्ध प्रहरीमा मौखिक र लिखीत गरी करिब दुई दर्जन पीडीतहरुले त्यति बेला उजुरी दिएका थिए । प्रहरीले गिरीलाई पक्राउ गरे पछि मात्र कारबाही प्रकृया चलाउने सोच बनाए पनि त्यसो हुन नसके पछि मुद्दा चलाउने तयारी गरेका प्रहरीले जनाएको छ ।
यस अघि नै एक बर्ष अघि गिरी बिरुद्ध उनकै भिनाजु बालकृष्ण गिरी, स्थानीयबासीहरु बिष्णु मुराउ, सरिता आचार्य लगायत आधा दर्जनले लेनदेनको मुद्धा दर्ता गराएको अदालतले थिए । जस अनुसार मुद्दा दायर गरेका पीडीतको माग अुनसार गिरीको नाममा रहेका घर र घडेरीबाट रमक असूली गर्ने भन्दै अदालतले फैसला गरी सकेका छ । मुटुको बिरामी रहेकी गिरीको आनन्दबागमा ७ कठ्ठा जमिन र ५ कोठे पक्की घर छ । जुन स्थानीय समयमाई बचत तथा ऋण सहकारी संस्थाको नाममा दृष्टिबन्धक रहेका छ । सो संस्थाबाट गिरीले ५ लाख ऋण निकालेकी छिन् । पहिले नै रोक्का रहेको करिब ६० लाख मूल्यांकन गरिएको सो संपत्तिमा कस्ले कत्ति पाउने हो त्यस्मा अन्यौल बढेको छ । स्थानीयबासी अनुसार गिरीले सोही संपत्ति देखाएर बिभिन्न ब्यत्तिलाई कबिर एक करोडको कागज गरकी छिन । एक बर्ष बित्दा पनि प्रहरीले गिरीलाई पक्राउ गर्न नसकेकोमा पीडीतहरु आक्रोसित बनेका छन् । उनीहरुले गिरीलाई पक्राउ गर्नका लागि कुनै तदारुकता नदेखाएको भन्दै प्रहरीको ब्यापक आलोचना गरेका थिए । “ एक बर्ष बित्यो प्रहरीले सुईको समेत पाउन सकेको छैन, अब के पक्राउ गर्छ । ” गिरीबाट पााच लाख रुपैया ठगिएका पीडीत शंकर अधिकारीले निराश हुदै भन्नु भयो ।
सदरमुकाम तौलिहवा, सहगराहवा, मोतिपुर बुटवल, भैरहवा, नेपालगंज, काडमाण्डौ लगायतका स्थानका करिब ५० भन्दा बढि व्यक्तिहरु बाट अत्याधिक ब्याज दिने प्रलोभन दिदै स्थानिय बसन्ती गिरीले दुई करोड बढि रकम लिएर फरार भएकी थिइन । गिरीले २०६८ भदौ देखि एक लाख सावाा रकमको दिनको एक हजार व्याज दिने भन्दै उनीहरुकाट बाट रकम असुलेकि थिइन् । उनले आफनै नातागोता, आफन्त, चिनेजानेकालाई बिश्वासमा लिएर सो रकम संकलन गरेकी थिइन । उनले सो रकम कहाा लगानी गिर्थन त्यो भने हालसम्म रहस्यको बिषय बनेको छ । उनले मान्छे हेरेर कसैलाई ईलेक्ट्रोनिक्स, कसैलाई जग्गा र कसैलाई सुनको कारोवरा गर्ने भनी रकम उठाउदै आएकी थिईन ।
घटना लगत्तै प्रहरीले गिरीको घरमा खान तलासी लिए पनि क ुनै उपलब्धी भने भएको थिएन । गिरीको मोबाईल ट्रेस, बिभिन्न ब्यक्तिसंग बयान र सोधपुछ गरे पनि खासै केही हासिल भने गर्न सकेको छैन ।
गत फागुन ८ गते विहान घर बाट फरार भएकी थिइन । यत्रो ठुलो ठगी काण्ड भए पनि दुई महिना सम्म प्रहरी र प्रशासन कार्यालयमा लिखीत उजुरी नपरेकाले कारबाही प्रकृया अघाडी बढाउन गाह्रो भएको प्रहरी नायव उपरिक्षक बसन्त बिक्रम राणाले बताउनु भयो ।
अबिवाहित ३५ बर्षे गिरीले ठगी गरेर फरार भए पछि थुप्रै ब्यत्तिको घरमा हालसम्म रुवाबासी चलेको छ । कतिले त घर लोनमा राखेर, सुन राखेर, जग्गा बिक्री गरेर, जवानी बसेर गिरीलाई ऋण दिएका थिए । गिरीले बिभिन्न ब्यक्तिबाट एक हजार देखि ३५ लाख सम्म नगर र गरगहना उठाएकी थिइन । गिरीको परिवारले हालसम्म उनी संपर्कबिहीन भएको दाबी गरेका छन् ।
