ओलीको स्वास्थ्यस्थितिमा सुधार
थीरलाल भुषाल, काठमाडौं, कात्तिक २० ( नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सुधार आएको छ। हिजो रातिदेखि दिल्लीको गुडगाउँस्थित मेडान्त अस्पतालमा उपचाररत ओलीको प्रारम्भिक परीक्षणको रिपोर्टले ठूलो खरावी नदेखाएको ओलीका सहयोगी इन्द्र भण्डारीले दिल्लीबाट जानकारी दिए।
नर्भिक अस्पतालमा उपचाररत उनलाई हवाई एम्बुलेन्समार्फत् दिल्ली लगिएको थियो।
भण्डारीले दिल्लीबाट दिएको जानकारीअनुसार हिजो राति ९स्३० बजेदेखि ओलीको विभिन्न परीक्षणहरु गरिएको थियो। आज बिहान परीक्षणको रिपोर्ट आएको हो जसमा ठूलो खरावी देखिएको छैन।
ओलीलेको स्वास्थ्य सामान्य अवस्थातिर गइरहेको छ। उनले खाना खाएका छन् भने भेट्न गएकासँग कुराकानी पनि गरिरहेको उनले जानकारी दिए। स्रोतः नागरिक
