|

धकधई सामुदायिक प्रहरी सेवा केन्दद्वारा लागूऔषध ओसारपसार बिरुद्ध सचेतना कार्यक्रम


विवेक विश्वकर्मा,धकधई असोज २८- नेपाल भारतको खुल्ला सीमा नाकाबाट भईरहेको  लागूऔषधर्दुब्यसनी कारोबारलाई अन्त गरिनु पर्ने एक कार्यक्रममा जोडदिईएको छ । रुपन्देहीको धकधई सामुदायिक प्रहरी सेवा केन्द द्वारा भगवानपुर सीमानाकामा  आयाजित लागूऔषध ओसारपसार बिरुद्ध सचेतना कार्यक्रमलाई सम्बोद्धन गर्दै धकधई ई प्र का का प्रहरीप्रमुख ठाकुरप्रसाद पोखरेलले भारतीय सीमावर्ती क्षेत्रमा स्पास्मो टयाब्लेट, फेन्साडील लागायत लागूऔषत खुलेयाम बिक्री बितरण भईरहेको हुदा नेपाली युवाहरु उतै गई सेवन पश्चात खल्लासीमानाका चोर बाटो बाट फर्कने गरेको कारण नियन्तण गर्न गाह्रो परिरहेको बताउनु भयो ।

उहाले राष्ट्रको खम्बा युवाहरुलाई लागूऔषधर्दुब्यसन बाट जोगाउन सीमावर्ती क्ष्ोत्रका जनतासाग सहयोगको अपील समेत गर्नुभयो ।कार्यक्रमका अर्का बक्ता केन्द्रका अध्यक्ष अकबाल खााले भारतीय सीमावर्ती क्षेत्रमा लागूऔषध औषधीपसलेहरु खुलेयाम बेच्ने गरेको हुदा भारतीय प्रहरीप्रशाषन रोकथाम प्रति उदासीन रहेको आरोप लगाउनु भयो ।

सो अवसरमा नेका जिल्लासदस्य निजामुद्दीन पठानपोखरभिण्डी माबिका अध्यक्ष योगेन्द्र चौधरी , भारतजिला महराजगज ढोडहवा ग्रामसभा अध्यक्ष रमेश प्रसाद ,लगायतले लागूऔषध र्दुब्यसन न्यूउनीकरण बारे जोडदिएका थिए । केन्द्रका उपाध्यक्ष जयप्रकाश यादवको स्वागत संस्थापक अध्यक्ष सरोजकुमार पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव बेचन गुप्ताले गरेका थिए ।

Posted by Butwalonline on 6:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धकधई सामुदायिक प्रहरी सेवा केन्दद्वारा लागूऔषध ओसारपसार बिरुद्ध सचेतना कार्यक्रम"

Leave a reply