आफन्त र छिमेकीको करिव पचास लाख ठगेर फरार भएकी घिउकुमारी राना पक्राउ
पाल्पा,असोज २८-आफन्त र छिमेकीको करिव पचास लाख ठगेर पाल्पावाट फरार भएकी घिउकुमारी राना दुई सातापछि प्रहरी फन्दामा परेकी छिन। उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। तानसेन मिसन अस्पताल नजिकै होटल गरि बस्ने रोल्पाकी ३५ बर्षीया घिउकुमारीले छिमेकी र आफन्तसंग सापट लिएको पैसा र गरगहना कुम्ल्याएर फरार भएकी थिइन् । अर्घाखााचीमा पक्राउ गरि उनलाई प्रहरी जिम्मामा लगाएको तानसेन १० मिसनका एकीकृत नेकपा माओवादी कार्यकर्ता मुक्ति न्यौपानेले बताउनुभयो ।
न्यौपाने सहित माओवादी कार्यकर्ताहरु भैरव पुन र विशाल वलीले घिउकुमारीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए । आफ्नै बृद्ध ससुराको समेत औंठी ठगेर घिउकुमारी फरार भएको खबरले ७४ बर्षीय बृद्ध ससुराको हृदयघात भएर निधन भएको थियो। घिउकुमारी पक्राउ परेको खबरले ठगिएकाहरुलाई राहात मिलेको छ । पैसा र गहना दिनेहरुसंग तम्सुक वा अरु कुनै ठोस प्रमाण नहुादा प्रहरीलाई कस्तो कारवाही गर्ने भन्ने अन्योल भएको छ ।