|

लडाकू छनोट सेनाकै मापदण्ड अनुसार गरिने

काठमाण्डौ बैशाख १-सेना समायोजन विशेष समिति अन्तर्गत गठित चार सदस्यीय कार्यदल सहमति नजिक पुगेको छ । कार्यदलको विहीबार दिउँसो बसेको बैठक माओवादी लडाकू समायोजन गर्न नेपाली सेनामा गठन गरिने महानिर्देशनालयको संरचना, लडाकू छनौट समिति, लडाकूलाई दिईने तालिम, ब्रिज कोर्स, लडाकूको दर्जा निर्धारण लगायतका विषयमा सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुले जानकारी दिएका छन । 


विशेष समितिको बुधबार बसेको बैठकमा सेना समायोजनमा रहेका विवादित विषयमा सहमिति जुटाउनका लागि माओवादीका बर्षमान पुन, काँग्रेसका मिनेन्द्र रिजा, एमालेका भीम रावल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका जीतेन्द्र देव सदस्य रहेको कार्यदल गठन गरी महानिर्देशनालय गठन, लडाकुको छनोट समिति गठन, दर्जा निर्धारण, तालिम, ब्रिज कोर्सलगायतका विषयमा सहमित जुटाउने जिम्मा दिएको थियो । आफुहरुले पाएको जिम्मेवारी पुरा गर्न विहीबार दिनभर छलफल गरेको काँग्रेस तर्फका कार्यदलका सदस्य मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

कार्यदलका अर्का सदस्यले दिएको जानकारी अनुसार महानिर्देशनालय गठनका विषयमा सातबुँदे सहमति र सेनाको मापदण्ड अनुसारनै हुने सहमति नजिक पुगेको जानकारी दिनुभयो । महानिर्देशनालयको नेतृत्व रथीले गर्ने र त्यस अन्तर्गतको निर्देशनालयको निर्देशक सहायक रथी रहने सहमति भएको ती सदस्यले जानकारी दिएका छन । त्यसैगरी महानिर्देशनालयमातहत औद्योगिक र विपत् व्यवस्थापन निर्देशनालयमा चार चार गण रहने विषयमा पनि कार्यदलमा सहमति भएको खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

कार्यदलले गरेको सहमति अनुसार सेनामा समायोजन हुने लडाकूहरुको तालिम अवधिको सिपाहीको हकमा ५ महीना र अधिकृतको हकमा ७ महीना प्रस्ताव गरिएको छ । सेनाको स्थापित मापदण्ड अनुसार सिपाहीले ९ महीना र अधिकृतले १८ महीना तालिम लिनुपर्ने व्यवस्था रहेको छ ।ओनलाइन खबर 

Posted by Butwalonline on 8:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लडाकू छनोट सेनाकै मापदण्ड अनुसार गरिने"

Leave a reply