दुरसञ्चार संस्थानका शाखा अधिकृतले कार्यकक्षमै पूर्व-श्रीमतिलाई कुटे
काठमाडौं, वैशाख १ - दुरसञ्चार संस्थान चावाहिलका शाखा अधिकृत यमाकान्त दाहालले कार्यकक्षमै पूर्व श्रीमतिलाई कुटेका छन् । राजधानीको गौरिघाटस्थित माइतीमा बस्दै आएकी अनिता निरौलालाई बुधबार कार्यालयमै बोलाएर कुटपीट गरेका हुन् । घटनाबारे निरौलाले गौशला प्रहरीमा उजुरी दिएकी छिन् ।
सम्बन्ध विच्छेद भए पनि ८ र ९ वर्षका दुई छोराको अवस्था बारे बुझ्न गएकी उनलाई दाहालले टेलिफोनको 'फ्लाटवायर'ले पाखुरा र टाउकोमा पिटेका हुन् । कुटाइको नील डाम लिएर उनी गौशली प्रहरी पुगेकी थिइन् । प्रहरीले दुवैलाई मिलापत्र गराएर छाडेको छ । दाहालले भनभनमा सामान्य हातपात भएको स्वीकारेका छन् ।
स्रोत :कांतिपुर दैनिक