|

पूर्व राजाको सुरक्षाका लागि खटाएको नेपाली सेना फिर्ता

काठमाडौं, वैशाख १- सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइँदै आएको नेपाली सेनाको सुरक्षालाई हटाएको छ। पूर्व राजा र उनका परिवारको सुरक्षाका लागि नेपाली सेनाले सेनानीको नेतृत्वमा २५ जना सैनिक खटाएको थियो।सरकारको निर्णयअनुसार नेपाली सेनाले पूर्व राजाको सुरक्षाका लागि खटाएको जनशक्ति हिजोबाट फिर्ता भएको नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी रमीन्द्र क्षेत्रीले जानकारी दिए।सरकारको निर्णयअनुसार पूर्व राजा र उनको परिवारका सुरक्षाका लागि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए।
रासस(नागरिक न्यूज )   



Posted by Butwalonline on 5:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पूर्व राजाको सुरक्षाका लागि खटाएको नेपाली सेना फिर्ता"

Leave a reply