आजदेखि नारायणी नदी किनारमा 'धार्मिक महोत्सव २०६९' सुरु
चितवन, वैशाख १- धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि नारायणी नदी किनारमा 'धार्मिक महोत्सव २०६९' सुरु भएको छ। धर्म, संस्कार र संस्कृतिको संरक्षणका साथै स्थानीय शक्तिपीठ र कालीगण्डकीको महिमा तथा बुद्ध जन्मस्थलको प्रचार–प्रसार गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएका छन्।
राष्ट्रशान्ति, पितृमुक्ति, अष्टोतरशत (१०८) श्रीमद्भागवत् तथा सहस्रशालिग्राम अर्चना विराटमहायज्ञका रुपमा नेपालमै पहिलोपटक आयोजना गरिएको सो महोत्सवको आज एक समारोहका बीच देवघाटका १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले उद्घाटन गरे।महोत्सवबाट उठेको रकमले राधाकृष्ण मन्दिर देवघाट तनहुँको जीर्णोद्दार, किरियापुत्री तथा अतिथि निवास र नारायणी नदी किनार संरक्षण गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक ऋषि पाण्डेले बताए।धार्मिक महोत्सव सुरु हुनुपूर्व बिहान नारायणगढमा शोभायात्रा निकालिएको थियो।रासस
स्रोत :नागरिक
