|

जन्ती लिएर गएको जिप पल्टदा १६ जना घाइते


बैतडी, वैशाख १ - जन्ती लिएर सतबाजबाट दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।शुक्रबार दिउँसो एक बजेतिर सतवाज-गोकुलेश्वर खण्डको भौनेली-३ धर्मघर नजिकै से१ज २४० नम्बरको जिप सडकबाट दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा सित्तड-२ का बहादुर सार्की, भौनेली-५ का रामबहादुर चन्द, कैलपाल-७ का अर्जुन चन्द र दैजी-५ कञ्चनपुरका वकिल चन्द गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । गम्भीर भएका चारजनालाई थप उपचारका लागि धनगढी लैजाने तयारी भइरहेको छ ।
स्रोत :कांतिपुर दैनिक 

Posted by Butwalonline on 4:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जन्ती लिएर गएको जिप पल्टदा १६ जना घाइते"

Leave a reply