आज सोनमल्होसार तामाङ समुदायको नयाँ वर्ष २८५० सुरु
काठमाडौं, माघ १७ – आज सोनमल्होसार । आजदेखि तामाङ समुदायको नयाँ वर्ष २८५० सुरु भएको छ ।लो को अर्थ वर्ष र छार को अर्थ नयाँ हो । १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी तामाङ समुदायले त्यहि चक्रमा आधारित भएर विभिन्न संस्कार गर्ने गर्छन ।
यो पर्वमा सर्प वर्षलाई बिदा गरी घोडा वर्षलाई स्वागत गरिन्छ । मिठा मिठा परिकार बनाइ, आफन्त र साथीभाईसँग बसेर खाने र ल्होछारको शुभकामना साटासाट गर्ने गरिन्छ । आज काठमाडौंको खुलामञ्चमा विशेष कार्यक्रम हुँदैछ ।ल्होछारको अवसरमा विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन् । सोनाम ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।उज्यालो
