सेतो छडी वितरण कार्यक्रम
बुटवल, २ बैशाख(बुटुस)–जिल्ला विकास समिति रुपन्देहीको आर्थिक सहयोगमा अपाङ्गता जिल्ला संमन्वय समितिको अयोजनामा शनिवार बुटवलमा २० जना दृष्टिविहिनहरुलाई सेतो छडी वितरण गरिएको छ । सोमवार बाट बुटवलमा सुरु भएको सेतो छडी वितरण तथा गमनशिलता तालिमको अवसरमा सेतो छडी वितरण गरिएको अपाङ्गता जिल्ला संमन्वय समितिका संयोजक हुमनाथ अधिकारीले जानकारी दिए । तालिम बैशाख २ गते देखि ११ गते सम्म चल्नेछ ।