गहुं काट्ने क्रममा टेक्टरले किचिएर एक मजदुरको मृत्यु
वृजराज कुशवाहा बैशाख ३ – नवलपरासीको बडहरा दूबौलिया गाविसमा गहुं काट्ने क्रममा टेक्टरले किचिएर एक मजदुरको ज्यान गएको छ ।
आज विहान करीब ५ बजे बडहरा दूबौलिया गाविस ७ मा सुतिरहेको अवस्थामा लु १ त २९११ नं. को टेक्टरले किचिएर गेर्मी ७ का २८ वर्षे काशीनाथ गुप्ताको ज्यान गएको हो । घटनापश्चात उपचार लागि जिल्ला अस्पताल परासी ल्याउदै गर्दा बाटोमा ज्यान गएको नवलपरासी प्रहरीले जनाएको छ ।
घटनामा संलग्न टेक्टर र टेक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शव पोष्टमार्टम पछि आफनतलाई बुझाईएको प्रहरीले जनाएको छ ।