|

सर्लाही खण्डको जंगलमा रात्रि बस लुटियो

सर्लाही, वैशाख २ - पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा पर्ने रानीगंजमा आइतबार राति यात्रु बस लुटिएको छ ।नारायणघाटवाट काकडभिट्टा जाँदै गरेको ना ३ ख ८०८६ नम्बरको रात्री बसमा यात्रु बनेर चढेका दुईजनाले हतियार देखाई लुटपाट गरेका हुन् ।  लुटेराले हतियारको आडमा बसलाई नियन्त्रणमा लिई सड्क भन्दा झण्डै तीन किलोमिटर उत्तर चुरे डाँडातर्फ लगि सबै यात्रुवाट १५ लाख भन्दा बढीको धनमाल लुटिएको छ ।

लुटेराले ५ लाख ६० हजार नगद, ११ तोला सुन, २५ थान मोवाइल र चाँदी लुटेका थिए । प्रहरी निरीक्षक यज्ञ भट्टराईले लुटेराको खोजी जारी रहेको वताए ।

Posted by Butwalonline on 7:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सर्लाही खण्डको जंगलमा रात्रि बस लुटियो "

Leave a reply