|

४५ हजार बेरोजगार युवालाई व्यावसायिक तालिमसहित जागिर

काठमाडौं, माघ १- नेपालका ४५ हजार बेरोजगार युवालाई व्यावसायिक तालिम र रोजगारी उपलब्ध गराइने भएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाले एसएलसी भन्दा कम योग्यता भएका र साक्षर युवालाई लक्षित गरी रोजगारी सुनिश्चितता भएको तालिनम दिन लागेको हो ।

यस आर्थिक बर्ष मात्र साढे सात हजार युवालाई तालिम र रोजगारी दिन लागिएको छ । परियोजना निर्देशक सहसचिव लक्ष्मीराम पौडेलका अनुसार परियोजनाको अवधि सन २०१५ सम्म ४५ हजार युवालाई रोजगारमूलक तालिम दिइनेछ । माघको पहिलो साताबाट देशका १८ जिल्लामा निःशुल्क रोजगारमूलक तालिम सञ्चालन गरिने जनाइएको छ ।

ती जिल्लामा ६९ तालिम दिने संस्थाले अनुमति पाइसकेका छन् । पहिलो चरणमा १८ जिल्लाका सात हजार पाँच सय युवालाई छोटो अवधिको रोजगारमूलक तालिम दिइनेछ । परियोजना निर्देशक पौडेलले तालिम दिने संस्थाले नै कम्तीमा ६ महिना रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो आशय रोजगारीलाई निरन्तरता दिउन भन्ने हो ।’

झापा, मोरङ, सुनसरी, सिराहा, धुनषा, सर्लाही, पर्सा, मकवानपुर, चितवन, बाग्लुङ, कास्की, पाल्पा, रुपन्देही, दाङ सुर्खेत, बाँके, कैलाली र कञ्चनपुरमा तालिम सञ्चालन गरिने इभेन्टका निर्देशक पौडेलले बताए।स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 7:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "४५ हजार बेरोजगार युवालाई व्यावसायिक तालिमसहित जागिर"

Leave a reply