|

आज माघे संक्रान्ति पर्व धूमधामसँग मनाईदै

काठमाण्डौं, माघ १। आज माघे संक्रान्ति पर्व । घिउ, चाकु, तरुल,तिलको लड्डु, सागपातजस्ता पोसिलो खानेकुरा खाएर यो पर्व मनाईन्छ । यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । यस अवसरमा आज देवघाटलगायतका देशका ठूला नदी किनारहरुमा माघे संक्रान्ति मेला लागेको छ ।

माघे संक्रानितको स्नान गर्न हजारौ तर्थिालुहरु नदी किनारमा पुगेका छन् । उपत्यकाको नेवार समुदायमा भने ती खाद्य पदार्थहरुको साथै सम्येवजी(चिउरा), पोलेको मासु, साँधेको कालो भटमास, अदुवा, रक्सी र माछाको सिद्रा खाने गरिन्छ । गाँउघरमा भने घिउ, चाकु, अधिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ ।

विशेष गरेर घिउ र चाकु खाने भएकाले नेपाल भाषामा घिउ चाकु सल्हु भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीको साथै एक प्रकारको पाटने पालुङ खाने चलन छ । यस पर्वमा तिलको अत्याधिक प्रयोग गरिने र दानसमेत गर्ने भएकाले यस पर्वलाई हामो संल्हु अर्थात तिल संक्रान्ति पनि भनिन्छ । यस पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन पनि छ । थारु समुदायमा आजको दिनलाई माघीको रुपमा मनाउने चलन छ । थारु समुदायले माघीलाई नयां काम खोज्ने अबसरको रुपमा दिने गरेका छन् ।स्रोत :इमेज च्यानल

Posted by Butwalonline on 6:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज माघे संक्रान्ति पर्व धूमधामसँग मनाईदै"

Leave a reply