|

आइ जी पी कपको प्रथम उपाधी मध्यपश्चिमलाई

ज्ञानु गौतम नेपालगञ्ज माघ ६-३६ औं आइ जी पी कप रनिङ्ग शिल्ड फुटबलको उपाधिमाथि कब्जा जमाउदै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले ऐतिहासिक सफलता हासिल गरेको छ । आइजीपी कप रनिङ्ग शिल्डको ईतिहासमा पहिलो पटक उपाधि जित्दै मध्यपश्चिमले उक्त सफलता हासिल गरेको हो । नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको तत्वावधान तथा नेपाल प्रहरी क्षेत्रीय खेलकुद समिति, सुर्खेतको आयोजनामा नेपालगञ्जमा शनिबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा पूर्ब क्षेत्र प्रहरी कार्यालयलाई शून्यको बिरुद्ध एक गोलले पराजित गर्दै  शिल्ड उचालेको हो ।

स्थानीय नेपालगंजमा भएको फाईनल खेलको पहिलो हाफसम्म दुबै टीमबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ४० औं मिनेटमा डिलबहादुर घर्तिमगरले दिएको उत्कृष्ठ पासलाई सदुपयोग गर्दै हरी कठायतले गरेको १ गोल नै मध्यपश्चिम टीमलाई बिजयी बनाउन पर्याप्त भयो । बिजयी टीमले नगद रु. ५० हजार र शिल्ड तथा कप प्राप्त गरेको छ ।

जीतपछि प्रतिक्रिया दिदै बिजयी टीमका प्रशिक्षक रबिन्द्र श्रेष्ठले खेलाडीहरुको टीम स्प्रिटका कारण यो सफलता पाएको बताए । त्यसैगरि पराजित टीमका प्रशिक्षक जितेन्द्र कुमार साहले आफ्नो खेलाडीहरुले राम्रो खेले तापनि फाईनलमा मध्यपश्चिमको दिन भएको प्रतिक्रिया दिए ।

समापन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले मानसिक र शारीरिक कुशलताका लागि खेलकुदको महत्वपूर्ण भूूमिका हुने भएका कारण यस किसिमका प्रतियोगिता जरुरी रहेको बताए । उनले आइजिपी कपले जनसम्वन्ध विस्तारमा समेत भूमिका खेल्ने बताउदै खेलकुदले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको नाम उचो गर्ने
बताए ।

प्रतियोगितामा मध्यपश्चिमका हरी कठायत उत्कृष्ठ खेलाडी घोषित भए भने नौ गोल गर्ने सुदर पश्चिमका रंगोल चौधरी सर्वाधिक गोल गर्ने खेलाडी घोषिति भए । त्यस्तै उत्कृष्ट डिफेण्डरमा पर्वका मित्र बस्नेत, उत्कृष्ट मिड फिल्डरमा पर्वकै जयनारायण चौधरी र उत्कृष्ट गोल रक्षकमा सदरपश्चिमका सन्तोष चन्द घोषित भए । त्यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकमा मध्यपश्चिमका रविन्द्र श्रेष्ठ भए भने मध्य क्षेत्र हेटौंडा अनशासन टिम घोषित भयो । विजयी तथा उपविजयी खेलाडीहरुलाई प्रहरी महानिरीक्षक राना, बााके जिल्लाका प्रमख जिल्ला अधिकारी ढण्डीराज पोखरेल, सशस्त्रका एसएसपी निराकरणविक्रम शाह, नेपाल प्रहरीका एसएसपी योगश्वर, प्रमख सेनानी लब थापा लगायतले परस्कार प्रमाणपत्र तथा कप प्रदान गरेका थिए । लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिता पौष २७ गतेदेखि शरु भएको थियो ।

Posted by Butwalonline on 7:06 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आइ जी पी कपको प्रथम उपाधी मध्यपश्चिमलाई"

Leave a reply