अनाथ बालबालिकाको नाममा धन्दा गर्नेबाट डोनर नै असुरक्षित
काठमाडौ, ३ माघ । टुहुरा बालबालिकाको संरक्षण गर्ने नाममा ललितपुरको धापाखेलमा खुलेको ह्याप्पि होम ईन्टरनेशनल स्कुलका सञ्चालकहरुले विदेशी डोनरलाई धम्क्याउन थालेपछि स्लोभाकियाका तीन नागरिक सहित सो स्कुलका शिक्षक असुरक्षित बनेका छन् ।
सो स्कुलका सञ्चालक विश्वप्रताप आचार्य र पुजा पोख्रेलले स्कुलका नाममा खेलेको एक वेभसाईडमा राखिएको ७० जना बालबालिका टुहुरा रहेकोले आफूहरुले उद्दार गरेर संरक्षण गरेको सहितको कथा हेरेर एक बालबालिका बराबर मासिक ६० यूरो डलरकोस्लोभाकियाका जुजना, मार्टिन र ईभाले सहयोग गर्दै आएका थिए ।
आफूले संरक्षण गरेका बालबालिकालाई हेर्न नेपाल आएका उनीहरुले यहाँ आए पछि वेभसाईडको कथा र वास्तविकतामा फरक पाएपछि सो विषयमा असन्तुष्ठि प्रकट गरेका थिए । त्यसपछि सो स्कुलको यथार्थ बताउने शिक्षक किशोर कुवरँ र विदेशी डोनर सञ्चालकहरुको गुण्डागर्दी पछि असुरक्षित बनेका हुन ।
उनीहरुका अनुसार निशुल्क पठाई दिने लोभमा आमाबाबुलाई फकाएर स्कुलमा ल्याईएका बालबालिकाहरुलाई सञ्चालकद्धयले कुट्ने पिट्ने, बालश्रममा लगाउन, खाना पकाउन, लुगाधुन लगाउने सम्मका काम गराई यातान दिने गरेका थिए ।डोनर स्लोभाकियाका नागरिकहरुले आफूहरुको सहयोगको दुरुपयोग भएको भन्दै स्कुलमा बाबुआम हुँदा हुँदै पनि राखेका ६५ जना लाई अविभावककै जिम्मा लगाउने र बाँकी टुहुरा ५ जनालाई विश्वासिलो बालगृहको जिम्मा लगाउने तयारी गरे पनि आफूहरुलाई अपहरणको कोशिश सहित धम्क्याउने गरेको डोनर जुजना र शिक्षक कुँवरले दावीगरे ।
सञ्चालकको दादागिरी विरुद्ध उनीहरुले जिल्ला प्रहरी कार्यालय ललितपुर, पर्यटक प्रहरी भृकुटी मण्डप र केन्द्रीय बालकल्याण समितिमा उजुरी गरे पनि उनीहरुले सञ्चालकहरुलाई नै संरक्षण गरिरहेको मार्टिनले गुनासो गरे ।
पत्रकार सम्मेलनमा बौद्ध बस्ने आम सहित उपस्थित भएकी सोही स्कुलमा बस्ने छोईसाङ तामाङले आफूहरुलाई फकाएर स्कुलमा ल्याएर याताना दिएको सुनाईन । उनले आफूले बारम्बार आमाबाबासँग जान्छु भन्दा पनि नदिएको बताईन ।रौतहट घर भई हाल बौद्ध बस्ने आमासहित उपस्थित भएका मजबुल्ला खानले पनि आफूहरुलाई गाह्रो गाह्रो काम गर्न लगाएको र यतान दिएको सुनाए ।


