|

दुबइ शहरमा जगंली सभ्यता देखाउदै "इकु"

उमाकान्त पाण्डे गाउंले -दुबइ माघ ३ - हेटौडा मकवानपुर चौकीटोलमा जन्मेका सुलेमान शकंर अर्थात "ईकु" अहिले नेपाली हास्य चलचित्र जगतमा नक्षत्रका रुपमा परिचित छन । खास स-साना बालबालिका सुरुमा उनका खास दर्शक थिए । तर अहिले देशमा मात्र होइन बिदेशमा समेत उनको माग हुन थालेको छ ।

एक समय हास्य टेलीफिल्म मेरी बास्सैमा जगंली मान्छेको भेषमा सामाजिक सन्देश दिने अभिनय गर्ने "इकु" अहिले युएईको दुबइ शहरमा छन । युएईका बिभिन्न शहरमा आफ्ना हास्य प्रस्तुति देखाउन अहिले उनी व्यस्त छन ।

२०५८ सालमा "थोरै भए पुगी सरी" टेलीचलचित्र बाट प्रवेश गरेका उनी खास गरी मेरी बास्सैमा आए पछि जगंली जीवन बिताइरहेका राउटेको जीवन कथासगं मिल्दो जुल्दो अभिनय गरेर चर्चामा आएका हुन । मेरी बास्सैले नै मलाई "इकु"को परिचय दिएको हो सुलेमान भन्छन । बाल्यकाल देखी चलचित्र उत्पादन क्षेत्रमा लाग्ने उद्देश्य बोकेका उनी अहिले आफुले उत्पादन गरेका "इकु १ र इकु दुईको" प्रदशन गर्न दुबइमा आएका छन । "इकु पार्ट १ ले उपत्यकाका ३ वटा हलमा ५१ औ दिन मनाएको थियो भने राजधानी बाहिर पनि अन्य चलचित्रको किर्तिमान तोडेको थियो । इकु जगंली मान्छेको क्यारेक्टर हो राउटेको कथा सँग सम्बन्धित सामाजिक सचेतना मुलक सन्देश यस् मा छ , सुलेमान शकरले भने ।

यस् अघी मलेसियामा पुगेर त्यहा कार्यरत नेपाली माझ आफ्ना प्रस्तुति पस्केका "इकु" युएईमा करीब २ महिना रहने छन । यहाँ कार्यरत नेपालीको माग अनुसार उनीहरु बस्ने मजदुर क्याम्प सम्म पुगेर आफ्नो प्रस्तुति प्रदशन गर्दै आएका छन । युएईकै सुदुरपस्चिम मानिने रुविसमा पुगेर उनले डिसेम्बर २८ मै आफ्नो हास्य चलचित्र प्रदशन गरिसकेका छन ।

अब आउदो २५ जनवरीमा दुबइमा उनले दुबइमा रहेका नेपालीलाई मनोरन्जन दिने छन । दुबइको एभरेस्ट इन्टरनेशनल होटलमा दिउस ३ बजे बाट कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा स्थानिय कलाकारले समेत प्रदशन गर्ने छन । स्थानिय स्तरमा ख्याती प्राप्त कलाकार आशिश पुरुषलेले कार्यक्रमको सम्योजन गरिरहेका छन । कार्यक्रममा सुलेमानले इकु दुई लाई प्रदशन गर्ने छन । साथै आफ्नो प्रत्यक्ष प्रस्तुति समेत प्रदशन गर्ने छन । कार्यक्रम सम्बन्धी आबश्यक जानकारी लिन वा प्रवेश टिकटका लागि बरदुबईमा रहेको "सिल्भर स्पुन नेपाली रेस्टुरेन्ट" मा संपर्क गर्न सकिने छ । साथै आशिष पुरुष ०५५४९६९५७४ , लक्षमण ०५५६२१२५५३ र कुशल दवाली ०५५५४७७६६४ मा संपर्क गर्न अनुरोध गरिएको छ ।        






Posted by Butwalonline on 12:58 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबइ शहरमा जगंली सभ्यता देखाउदै "इकु""

Leave a reply