|

दोषीलाई कारवाही गर्न माग गर्दै बाँकेमा बिरोध प्रदर्शन

ज्ञानु गौतम,नेपालगन्जमा २७ पुस - दैलेखका पत्रकार डेकेन्द्र थापाका अभियुक्तहरुलाई जोगाउने उद्देश्यले प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघ बाँकेले आज नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।

दण्डहिनताको अन्त्य गर, सम्पुर्ण पत्रकारहरुको दोषीलाई कारवाही गर लगायतका नारासहित बिरोध प्रदर्शन गरिएको हो । स्थानिय बिपी चोकबाट निस्केको बिरोध ऱ्याली त्रिभुवन चोक, नगर भवन हुादै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाईले हालसम्म भएका सम्पुर्ण पत्रकारहरुको दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै पत्रकार दैलेखका पत्रकार थापाको हत्याका अभियुक्तले हत्या गरेको स्वीकार गरिरहेको समयमा प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु दण्डहिनतालाई प्रशय दिएको बताउनुभयो । उहाले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको घोर भत्र्सना गर्दै हत्यारालाई तुरुन्त कारवाहीको गमा गनुभयो ।

कोण सभामा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार शर्मा, पुनरावेदन अदाल नेपालगन्जका ईश्वरी ज्ञवाली, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मिनबहादुर रावत, लगायतले बाल्नुभएको थियो । सभाले पत्रकार थापाको हत्यारालाई कारवाहीको माग गर्दै पत्रकार महासंघ तथा मानवअधिकारकर्मीहरुले ज्ञपान पत्र समेत बुझाएका छन । प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेलले ज्ञापन पत्र बुझ्दै यो कुरालाई सम्बन्धित ठाउामा पुऱ्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

Posted by Butwalonline on 5:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दोषीलाई कारवाही गर्न माग गर्दै बाँकेमा बिरोध प्रदर्शन"

Leave a reply