जनप्रगतिशील मंचद्धारा दुबईमा अलपत्र ९ जना नेपालीहरुको उद्धार (भिडियो सहित)
टिका दत्त शिवा र ऋषि राम पाठक,शारजाह - युएई 2013 जनवरी 13-कुख्यात अपराधी चार्ल्स शोभराजले एक समयमा नेपालको अन्तराष्ट्रीय विमानस्थलबाट हाथी नै छिराईदिन्छु भनेका थिए तर यहाँ त अपराधीहरुले हाथी छिराउन मात्र हैन हाथीलाई निकाल्न समेत सजिलै सक्ने पुष्टि गरेका छन। बैदेशिक रोजगारको क्रममा एकै गाउका ९ जना सोझा साझा बेरोजगार नेपालीहरुबाट हरेक संग अढाई लाख (२५०,०००/-) रुपैया उठाएर दुबईमा नेपाली ४५,०००/- प्रति महिनाको जागिर दिलाई दिने प्रलोभनमा पारेर नक्कली कागजात तयार पारी नेपालको एक मात्र अन्तराष्ट्रीय विमानस्थलबाट साच्चिकै हाथी नै निकाल्न दलालहरु सफल भएका छन् । दलाल र विमानस्थलका भ्रष्ट कर्मचारीहरुसंगको मिलेमतोमा त ठगिए-ठगिए, विदेशमा समेत नेपाली सरकारी सयन्त्रको चरम लापरबाहीले गर्दा ती ९ जना नेपालीहरु घोर बिचल्लीमा परे । दलाल र सरकारी कर्मचारीको मिलोमतो, एक मात्र अन्तराष्ट्रीय विमानस्थलको फितलो संयन्त्र अनि युएइ स्थित नेपाली राजदुताबासको निकम्मापनको शिकार ती अलपत्र नेपालीहरु सौभाग्यबस नेपाली जन प्रगतिशिल मंच यूएई को आर्थिक/भौतिक सहायताले नेपाल फर्किन त सफल भए तर धेरै थोक गुमाए ।
यसरी मंचले विचल्लीमा परेका नेपालीहरुलाई उद्दार गर्दै नेपाल फर्काउने क्रममा विदाई कार्यक्रममा बोल्दै नेपाली जन प्रगतिशील मंच शारजाह क्षेत्रीय समितिका अध्यक्ष ऋषिराम पाठक (क समिर) ले भन्नु भयो, - "विदेशमा काम सोचे जस्तो सजिलो हुदैन, ती दलाल अपराधीहरुलाई त्यसै छोड्नु हुदैन, तपाईंहरु कानूनको दायरामा रहेर कारवाहीको लागी कदम बढाउनुहोस, हाम्रो संगठनको सदैव साथ रहने छ" । त्यसै गरि सोहि समितिका कोषाध्यक्ष सन्तोष अधिकारी र सल्लाहकार मोहिनी भुसालले भन्नुभयो, "विदेश भन्ने वित्तिकै सबैलाई सुख हुन्छ भन्ने नसोच्नुहोस्, विदेश आउनु भन्दा अगाडी धेरै कुराहरुमा विचार पुर्याएर आउनुहोस्, हामी र हाम्रो संगठनले दुखमा परेका नेपालीहरुलाई सदैव सक्दो सहयोग गरि रहने छ"। यसै क्रममा मंचको तर्फबाट शारजाह क्षेत्रीय समितिका संगठन प्रमुख टिका दत्त शिवा (क बिक्रम) ले मंचका सम्पूर्ण साथीहरुलाई धन्यबाद दिंदै भन्नुभयो, "विदेश आउनु सजिलो छैन, आउनु भन्दा अगाडी कि त केहि शिप सिकेर आउनुहोस वा अध्ययन पुरा गरेर आउनुहोस तर मुख्य कुरा आउनु भन्दा अगाडी आफुले जुन कम्पनीमा काम गर्न आउने हो त्यसको बारेमा पुर्व जानकारी लिनुहोस् र सुरक्षित तरिकाले आउनुहोस । नेपालको एक मात्र अन्तरास्ट्रिय विमानस्थलमा कर्मचारी र दलालहरुको मिलोमतोमा हुने यस्तो रयाकेटको विरुद्द कडा कदम चालिनु पर्ने र बेलाबेलामा सार्वजनिक भै रहने विमानस्थलमा कर्मचारीहरुको निक्रिस्ट ब्यबहारले सारा नेपालीहरुको शिर निहुरिएको छ । त्यसैगरी, नेपाली राजदुताबास आबुधाबीका कर्मचारीहरु आफनो जिम्मेबारीबाट पन्छिनु नहुने साथै नेपाली नागरिक जुनसुकै तरिकाले आएपनि विदेशमा उनीहरुको सुरक्षा प्रति ध्यान दिनु पर्ने र यस्तो लापरवाह हुन नहुने, नेपाली राजदुताबास नेपालीहरुको हितका लागि भएको र त्यो कुरा सम्पूर्ण राजदुताबासका कर्मचारीहरुले बुझ्नुपर्ने” कुरा औल्याउनु भयो ।
अधिकांस नेपाली कामदारहरुको सिमित आम्दानी रहेको त्यहि पनि उनीहरुको यस्ता भै परी आउने अनेकन घटनाहरुलाई आर्थिक सहयोग गर्दा गर्दै पनि सधै भरि सकिने अवस्था हुँदैन । राज्यले एकातिर न यसरि कर्मचारी कै मिलेमितोमा हुने ठगीलाइ रोक्न सकेको छ न त उनीहरुकै कर्तुतबाट बिदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारी निकायबाट सहयोग वा राहत पुर्याउन सकेको छ । यधपि, बैदेशिक रोजगारमा जाने कामदारबाट विभिन्न शिर्षकमा बैदेशिक रोजगार विभागले पैसा उठाउने गर्छ तर त्यो रकमलाई कामदारको उद्दार गर्नमा सरकारले विल्कुल सदुपयोग गर्न सकेको देखिदैन । यहाँ स्मरणीय के छ भने देशको रेमिट्यान्सको ठुलो हिस्सा खाडी मुलुकमा जाने कामदारबाट भित्रिएको छ तर तिनै खाडी मुलुकमा अलपत्रमा परेका आफ़्ना नागरिकहरु प्रति सरकार यति धेरै उदाशीन छ कि मानौ तिनीहरु मात्र रेमिट्यान्स भित्र्याउने मसिन हुन । अनि सरकारी कर्मचारीहरुका निम्ति त ठगि खाने भाँडो मात्र । यो अवस्था कहिलेसम्म रही रहने हो ? नेपालीहरु कहिलेसम्म यसरी विदेशमा समेत अलपत्र परिरहने हुन्? सम्बन्धित निकायले गम्भिरतापुर्बक सोच्नु पर्ने भएको छ ।
मंचले उद्दार गरेका अलपत्र परेका नेपालीहरुको नामावली यस प्रकार छ !
१. नारायण प्रसाद त्रिपाठी पटियानी -३- चितवन
२. राजेश सिंह पटियानी -४- चितवन
३. सुर्य बहादुर ढकाल पटियानी -४- चितवन
४. अमृत बहादुर खड्का भरतपुर् नगरपालिका-५- चितवन
५. रोशन हमाल पटियानी -३- चितवन
६. अमृत बहादुर गुरुङ , पटियानी -३- चितवन
७. राम बहादुर पौडेल ,पटियानी -३- चितवन
८. भिम बहादुर गुरुङ ,भरतपुर् नगरपालिका-४- चितवन
९. देवेन्द्र नारायण सिंह , जनकपुर
भिडियो
