बालअधिकार सम्बन्धि कार्यशाला चल्दै
मुक्तिप्रसाद न्यौपाने,माघ ४, पाल्पा-बालहितकारी परियोजना नेपालको आयोजना र पछौटेपन उन्मुलन समाज (वेस) नेपालको समन्वयमा दुई दिने वाल अधिकार सम्बन्धि कार्यशाला गोष्ठी तथा तालिम शुरु भएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै वालहितकारी परियोजना नेपालका ठाकुरप्रसाद चापागाईले वालवालिकाहरुको क्षेत्रमा भए गरेका गतिविधीहरुको अनुसन्धनात्मक प्रतिवेदनहरु र वालअधिकारको रक्षा तथा प्रवद्र्धनमा भूमिकाका विषयमा समेत अन्तक्रिया गरिने बताए । वेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले मानिस वयस्क हुादै जाादा वाल्यावस्थाका पीडा बिर्सदै जाने परम्पराले गर्दा बालबालिकाका समस्याहरु ओझेलमा परेको बताउादै बालवालिकाका सञ्चारको नकारात्मक प्रभाव हावि हुादै गएको हुादा सो को विश्लेषण गर्नु जरुरी रहेको बताए । बालवालिकाको क्षेत्रमा पाल्पामा रुपरेखा तयार भैसकेको हुादा कार्यान्वयनकालागि सबै तहमा समन्वयको खााचो रहेको छ–उनले भने ‘विकासका लागि बालवालिका आधार स्तम्भहरु हुन् उनीहरुको सम्बद्र्धन हुनु जरुरी छ ।’
स्थानिय निकायमा बालअधिकारको सम्बद्र्धन र कार्यान्वयनमा जोड दिन कार्यक्रमको आयोजना गरिएको वेस नेपालले जनाएको छ । पाल्पाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधी तथा बालअधिकारका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको छ । नेपाल सरकारले बालवालिकाहरुको हितका विषयमा कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ, कस्ता कार्यक्रम सञ्चालन गर्दा बालवालिकाको हितमा हुन्छ, बालअधिकार के हो ? भन्ने विषयमा छलफल गरिने वेशका कार्यक्रम संयोजक नित्यानन्द पाण्डेले बताए ।
कार्यक्रममा वालहितकारी परियोजनाका ठाकुर चापागाई, अनिल पौडेल, वासुदेव वजगााई, मोहन मश्राङ्गी र शालिकराम पाण्डेले सहजिकरण गर्दैछन् । कार्यशालाले बालअधिकारको संरक्षणका क्षेत्रमा कार्ययोजना बनाउने बताइएको छ । नेपाल अधिराज्यमै पाल्पा जिल्ला धेरै बालक्लव रहेको जिल्ला हो । कार्यक्रम बिहीबारसम्म चल्ने छ ।
