|

ससुरा र देवरको पहलमा बिधवा वुहारीको बिबाह

 गुल्मी, मंसिर २५ - गुल्मीकी एकजना विधवा महिलाको घर पक्षले विवाह गरिदिएका छन् ।गुल्मीको जैसीथोक–५ लाकुँरीरुखका खड्गीस्वर नेपालीकी छोरी उषाको उहाँका ससुरा र देवरको पहलमा सोमवार घरवाटै धुमधामका साथ विवाह भएको छ ।उहाँको हिन्दुपरम्परा अनुसार धुर्कोट्रजस्थल– १ का २८ वर्षिय आशिष नेपालीसंग विवाह भएको हो ।

तमघास–३ बाघमारेका सूर्यबहादुर नेपालीको जेठो छोरा प्रदिप नेपालीसँग उषाको २०६३ असारमा विहे भएको थियो । तर विहे भएको डेढ बर्ष नबित्दै श्रीमान प्रदिप नेपालीको रहस्यमय तरिकाले ज्यान गएको थियो ।

श्रीमान वितेको लामो समयसम्म पनि विवाह नगरी घरमै वसेकी उषालाई आफन्त र समाजले साहसिक र नैतिक मूल्यको आधारमा माईतीघरको समेत सल्लाहमा दोश्रो बिबाह गरीदिएको हो ।‘आफैले मन लागेर विहे गरेको हुँ ।’ दुलाहा आशिषले विवाह मण्डपमै भन्नुभयो ‘विहे गर्न कसैले करकाप पारेको होईन ।’

सहमतिमा भाउजुको दोस्रो विहे गरिदिएको उषाका देवर शंकर नेपालीले वताउनुभयो । सोमवार  आफन्त, सञ्चारकर्मीलगायतको उपस्थितीमा भव्य तरिकाले विवाह भएको हो ।
समाचार :उज्यालो  नेटवर्क

Posted by Butwalonline on 7:06 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ससुरा र देवरको पहलमा बिधवा वुहारीको बिबाह"

Leave a reply