|

रक्षाको पोस्टरमा आफ्नो नग्न तस्विर राखेको प्रति पूजनाको आपत्ति

निर्देशक राजु गिरीले आफ्नो पछिल्लो फिल्म रक्षाको पोस्टरमा आफ्नो नग्न तस्विर राखेको प्रति नायिका पूजना प्रधानले आपत्ति जनाएकी छिन् ।

आफ्नो टाउकोमा अर्काको नग्न तस्विर राखेर पोस्टर बनाएको प्रति पूजनाले आपत्ति जनाएकी हुन् । फिल्मीखबरसँग कुरा गर्दै पूजनाले भनिन्, 'त्यो फोटोमा राखिएको शरिर मेरो हैन । यस्तो फोटो राखेर पोस्टर बनाउँदा मेरो चरित्र हत्या भएको छ ।' यहि फिल्ममा निकै बोल्ड बेड सिन दिएर चर्चामा आएकी पूजनाले निर्देशक गिरीले यस किसिमको गलत स्क्याण्डल ल्याउन खोजे आफूले प्रहरी प्रशासनको साहारा लिने समेत बताईन् ।

यता निर्देशक गिरीले चरित्र हत्या गर्न नखोजेको तर त्यस्तो पर्न गएकोले अबका पोस्टरहरू अस्लिल नभई स्लिल निर्माण गर्ने बताए ।
 साभार फिल्मी खबर डट कम

Posted by Butwalonline on 6:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रक्षाको पोस्टरमा आफ्नो नग्न तस्विर राखेको प्रति पूजनाको आपत्ति"

Leave a reply