चार वर्षीया बालकले स्कुलमा फेला परेको बस्तु खाँदा मृत्यु
कालिकोट, २५ मंसिर । कालिकाट जिल्लामा चार वर्षीया बालकले स्कुलमा फेला
परेको बस्तु खाँदा मृत्यु भएको छ ।छाप्रे–८ बस्ने ४ बर्षीय सुरेन्द्र
सार्कीले स्कुलमा आइतबार दिउसो कालो मासुको डल्लोजस्तो चिप्लो ठोस पदार्थ
खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । सुरेन्द्रसहित चार जनाले सो वस्तु
खाएका थिए ।
श्रीनैनेल माध्यमिक बिद्यालयको खेल मैदानमा
खेल्नेक्रममा सो वस्तु भेटेर खाएलगत्तै वान्ता गरेका थिए । उनीहरुलाई
आफन्तले उपचारका लागि स्थानीय मेडिकल लगेका थिए । विरामी परेका बाँकी तीन
जनाको भने उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
समाचार :सौर्य दैनिक बाट