डिजेल र मटितेलको प्रतिलिटर २ रुपैया मूल्य बढ्यो पेट्रोलको घट्यो
काठमाडौं, पौष ७ । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य वढाएको छ भने पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको वैठकले आजवाट लागू हुनेगरी डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैया वढाएको हो । यस्तै पेट्रोलमा भने प्रतिलिटर २ रुपैया घटेको छ । मूल्य समायोजन गर्ने नीति अनुसार मूल्य घटवढ भएको निगमको भनाई छ । अवदेखि डिजेल र मटितेलको मूल्य ९९ पर्छ भने पेटोलको मूल्य १२३ पर्छ ।
स्रोत : ईमेज च्यानल
